SamwadKhabar logo

               

अर्थ व्यवसाय

बाँकेको चादनीचोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा

संवाद खबर

संवाद खबर

बाँकेको चादनीचोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा
वैशाख १७, पोखरा । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले पोखरा महानगरपालिका १४ स्थित चाउथेमा गार्डेनमार्टको १७ औं शाखा सञ्चालनमा आएको छ । उपभोक्तालाई एउटै छानामुनी दैनिक उपभोग्य वस्तु देखि अन्य विभिन्न सामान किनमेलको अनुभव दिलाउने उदेश्यले यो मार्ट सञ्चालनमा ल्याइएको हो । उद्योग बाणिज्य संघ पोखराका प्रथम बरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले शनिवार एक कार्यक्रमकावीच मार्टको नयाँ शाखाको उद्घाटन गरेका थिए । मार्टको सञ्चालनले स्थानीयलाई किनमेलको नयाँ अनुभव दिने बताउँदै उपाध्यक्ष प्रजापतिले यसले स्थानीयस्तरमा रोजगारीको समेत सिर्जना गर्ने बताए । यो मार्टमा चामल, चिनि, दाल लगायतमा दैनिक उपभोग्य बस्तु, सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौनाहरु उपलब्ध छन् । यसका अतिरिक्त महिलाहरुका लागि श्रृंगारका सामग्रिहरु, फ्रिज, बासिङ्ग मेसिन, आइरन, गिजर लगायतका विद्युतीय उपकरणहरु मार्टमा विक्रिका लागि राखिएको छ । मार्ट शुभारम्भको अवसरमा यी सामग्रिहरुको खरिद गर्दा उपभोक्ताले निश्चित प्रतिशत छुट पाउने सहकारीका अध्यक्ष शुशिल बानियाले जानकारि दिए । अध्यक्ष बानियाका अनुसार बचत संकलन र ऋण प्रवाहका अतिरिक्त सहकारीले प्रत्यक्ष नाफामुलक व्यवसायमा समेत लाग्नु पर्छ भन्ने हिसावले यो मार्ट सञ्चालनमा ल्याइएको हो । यो सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको किर्तिपुर, उदयपुरको लाहान, चितवनको नारायणघाट, मकवानपुरको हेटौडा, बुटबलको जोगिकुटी, नेपालगञ्जको न्यूरोड, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगाढी, डडेलधुरा, दाङ्गको घोराही, बाँकेको चाँदनी चोकमा गार्डेन मार्टको शाखा सञ्चालनमा ल्याइसकेको छ ।      

ताजा

सबै

रसुवामा २ किलो सुनसहित एकजना पक्राउ

७ मंसिर, काठमाडौं । रसुवाबाट २ किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्…

एमाले सभाका लागि र्‍याली सुरु

७ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज दरबारमार्गमा गर्ने सभाका ला…

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ…

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…