SamwadKhabar logo

               

अर्थ व्यवसाय

‘निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीतिमा जोड’

संवाद खबर

संवाद खबर

‘निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीतिमा जोड’
वैशाख २०, काठमाडौं । निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीति बनाउन सरोकारवालाले जोड दिएका छन् । नेपाल चेम्बर अफ कमर्सको भ्रातृसंस्था युथ चेम्बरले काठमाडौंमा आज आयोजना गरेको नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौती र समाधान विषयक कार्यक्रमका सहभागीले निर्यात प्रवद्र्धन र आयातलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले अर्थतन्त्र ट्रयाकमा आउन नसक्नुको मुख्य कारण नीतिगत अस्थिरता भएको बताउनुभयो । आयात निरुत्साहन तथा निर्यात प्रवद्र्धन गर्ने सवालमा अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्रवैंकबीच प्रभावकारी समन्वय हुनुपर्ने खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अर्थतन्त्रमा संरचनागत समस्या छ । कृषि सडक देखि जलविद्युत सवै क्षेत्रमा आयात गर्नुपरेको छ । व्यापार व्यवस्थापन प्रभावकारी हुन सकेको छैन , । ’ आयात घटाउँदै जाने र निर्यात प्रवद्र्धन गर्ने गरी अल्पकालिन र दिर्घकालिन नीति बनाएर अघि बढ्न उहाँले सुझाव दिनुभयो । मुलुकको अर्थतन्त्रमा जोखिमको अवस्था कायमै रहेको भन्दै उहाँले सरकार संयम हुनुपर्ने बेला आएको बताउनुभयो । उपभोग्य बस्तुहरुको अभावसंगै मुल्यवृद्धि हुने हल्लामा बजारमा अनावश्यक त्रास सिर्जना हुने गरेको डा खतिवडाको भनाई छ । मुलुकको अर्थतन्त्रको महत्वपुर्ण हिस्सा ओगट्ने नीजि क्षेत्र पनि जिम्मेवार हुनुपर्ने खतिवडाले बताउनुभयो । घर जग्गा व्यवसायलाई करको दायरामा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । शिक्षामा अनावश्यक रुपमा विदेशिएको रकम, हुण्डी कारोबार तथा नेपालीको बैदेशिक भ्रमणलाई केही हद सम्म रोक्ने हो भने पनि त्यसले विदेशी बिनिमय संचितिमा सकारात्मक प्रभाव पार्ने खतिवडाले बताउनुभयो । अर्थतन्त्रमा पछिल्लो समय सकारात्मक संकेतहरु देखिन थालको भन्दै उहाँले ब्यबहारिक रुपमै ५ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धि हेर्न चाहेको बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठले सरकारले हचुवाका भरमा बस्तुहरुको आयात रोकेको र्तक गर्नुभयो । आफुहरुले आयतलाई नियन्त्रण नभई व्यवस्थित गर्न आग्रह गर्दै आएको उहाँको भनाई छ । कुन बस्तु आयात गर्ने, कुन नगर्ने भन्ने विषयमा पहिला नीजि क्षेत्रसंग छलफल तथा अध्ययन पछि मात्रै सरकारले निर्णय गर्नुपर्ने उपाध्यक्ष श्रेष्ठको भनाई छ । आन्तरिक उत्पादन बढाएर निर्यात प्रवद्र्धन गर्नका लागि राज्यको नीति प्रभावकारी हुनुपर्ने उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्द बहादुर कार्कीले बैदेशिक बिनिमय संचितिमा असर गर्न थालेपछि बिलासिताका बस्तुको आयात नियन्त्रण गरिएको बताउनुभयो । यद्यपी यो अल्पकालिन भएको कार्कीले बताउनुभयो । आफुहरु निजी क्षेत्र बिरोधी नभएको भन्दै उहाँले आयातलाई दिर्घकालसम्म असर नगर्ने गरि सरकारले निर्णय गरेको बताउनुभयो । व्यापार घाटा कम गर्न तथा आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नका लागि सरकारले केही बस्तुको आयात रोकेको कार्कीको भनाई छ । कार्यक्रममा अर्थविद विश्वास गौचन, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार केसी लगायतले मुलुको अर्थतन्त्रमा केही चाप परेपनि अल्पकालिन भएको बताउनुभएको थियो । युथ चेम्बरका अध्यक्ष दिपेश रत्न तुलाधरले अर्थतन्त्रका सबै क्षेत्रमा एकैचोटी चाप परेकाले सरकार र सरोकारवालाको ध्यानकर्षण गराउन खोजिएकोे बताउनुभयो । युथ चेम्बरले नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौची एवं समाधान विषयमा गरेको गोष्ठिलाई किसान पाईपले प्रायोजन गरेको हो ।    

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …