SamwadKhabar logo

               

अर्थ व्यवसाय

पाँचवर्षे कार्य प्रगतिको झुटो विवरण बनाएर घरदैलो गर्दै शम्भु भट्टराई

देवराज रिजाल

देवराज रिजाल

पाँचवर्षे कार्य प्रगतिको झुटो विवरण बनाएर घरदैलो गर्दै शम्भु भट्टराई
२५ बैशाख काठमाडौँ पाँचवर्षमा केही उल्लेख्य काम गर्न नसकेको भनेर आलोचित भएका वडाध्यक्षमा बुढानिलकण्ठ १२ का शम्भु भट्टराई संभवतः एक नम्बरमा पर्छन्। नगरपालिकामा सुशासन समितिको संयोजक रहेर कर्मचारीलाई यताउता पठाउने चलखेलमा समय बिताएका भट्टराइले पाँचवर्षमा आफूले गरेको कार्यहरुको प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेर घर दैलोमा हिँडिरहेको प्रतिवेदन झुटको पुलिन्दा झैँ देखिएको छ । वडा संचालनमा विसंगतिदेखि पार्टीभित्र परिवारवादको आरोपित भट्टराइको बहुबिबाह काण्ड पनि यो बेला चर्चामा छ । बहुबिबाहको काण्ड सेलाउन नपाउँदै उनले गरेका अर्को काण्डको रुपमा बुलेटिन छपाईमा गंभीर त्रुटी गरेको भेटिएको हो । भट्टराइको कार्यप्रगति विवरणमा प्रदेश सरकारको बजेटमा बनेको बालकुमारी आधारभूत विद्यालयका भवनलाई नगरपालिकाको बजेटमार्फत बनेको भनेर उल्लेख गरेका छन् । त्यसैगरी खर्च विवरणका विभिन्न शिर्षकालाई सबै हजार र सयमा मात्र सिमति राखेको छ । ती खर्च गरेको शीर्षकमध्ये एक मिडिया एक्सप्रेसका लागि ३०० खर्च देखाइएको छ । यसको अर्थ हुन्छ मिडियाका लागि ३ लाख गरिएको भनेर । त्यस्तै अपाङ्ग मैत्री स्वरोजगार कार्यक्रम २५० मा गरेको भनिएको छ यो भनेको के हो । उनले खर्च विवरणमा विभिन्न शिर्षकामा भएगरेका खर्च विवरण राखेका छन् । तर, त्यो सबै हजार र सयमा मात्र सिमति राखेको छ । त्यति बजेटमा केही पनि हुने देखिदैन । उदाहरणको लागि जस्तो कि वडाभित्र रहेका विकास निर्माण लगायतका बिभिन्न कार्यक्रमको मिडिया एक्सप्रेसका लागि ३०० खर्च देखाएका छन् । त्यति रकम भनेको के हो वा कसरी खर्च भयो भन्ने विषयले गम्भिरता निम्त्याउन सक्ने देखिन्छ । । त्यस्तै अपाङ्ग मैत्री स्वरोजगार कार्यक्रम २५० मा गरेको भनिएको छ । यो शीर्षकमा गरिएको २ लाख पचास हजार खर्चले पनि ठूलो शंका उत्पन्न गर्न सक्छ । अर्को एक शीर्षक छ, जनतासँग जनप्रतिनिधि कार्यक्रम । यो शीर्षकमा ४०० खर्च भएको भनिएको छ । यो पनि अर्को शंकायूक्त तथा प्रश्नवाचक प्रशंग हो । यस्ता विभिन्न शिर्षकमा विभिन्न खालको अपार्दशी खर्चको प्रतिवेदन बनाएर शम्भु भट्टराइ घरदैलो गरिरहँदा जनताले भने प्रश्न गरिरहेका छन् । यो प्रतिवेदनलाइ छपाईको गल्ती भनेर भन्न सकिने अबस्था भने छैन ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …