SamwadKhabar logo

               

राजनीति

काठमाडौं प्रमुखमा बालेन र उपप्रमुखमा सुनिता अगाडि

संवाद खबर

संवाद खबर

काठमाडौं प्रमुखमा बालेन र उपप्रमुखमा सुनिता अगाडि
जेठ २, काठमाडौँ । काठमाडौं महानगर प्रमुखमा ६३ सय ९८ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो स्थानमै हुनुहुन्छ। प्रमुखमा नेकपा (एमाले) का केशव स्थापित ३३ सय ४७ मतसहित दोस्रो र नेपाली कांग्रेसका सिर्जना सिंह २९ सय ६७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ। महानगरका निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ५९२, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ५७३ मत ल्याउनुभएको जानकारी दिनुभयो। यसैगरी, प्रमुखमा निर्वाचन चिह्न तराजुमा ७७, मादलमा आठ, चक्का पाङ्ग्रोमा छ, कुखुराको भालेमा तीन, सुगामा तीन, आँपमा एक, गुलाफको फूलमा एक, खानेपानीको धारामा १७, कैचीमा एक, लाल्टिनमा एक, क्यापमा २८, अर्नामा एक, तिल्हरीमा एक मत प्राप्त भएको छ। सोमबार साँझ ५ः४५ बजेसम्म १७ हजार ८०८ मतगणना हुँदासम्म सो मत प्राप्त भएको हो। महानगर उपप्रमुखमा गठबन्धनतर्फका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १८ सय ५५ मत प्राप्त गर्नुभएको छ। एमालेका सुनिता डंगोलले ६५ सय ५७ मत ल्याउनुभएको छ। उपप्रमुखमा निर्वाचन चिह्न तराजुमा २९३, हलोमा १३ सय ७८ पुतलीमा एक, खरायोमा दुई, भुँइकटरमा एक, आँपमा दुई, लौरोमा ७२५, खाने पानीको धारमा एक, कैचीमा एक, मुढामा चार, जेब्रामा तीन, क्यापमा ४३ र आँखीझ्यालमा ४३ मत प्राप्त भएको खतिवडाले बताउनुभयो। भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरको वैशाख ३१ गते बिहान साढे ९ बजेदेखि मतगणना जारी रहेको छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…