SamwadKhabar logo

               

राजनीति

सिन्धुपाल्चोकको गुन्सा तनावग्रस्त, एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

संवाद खबर

संवाद खबर

सिन्धुपाल्चोकको गुन्सा तनावग्रस्त, एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप
जेठ ५, काठमाडौं । सिन्धुपाल्चोकको गुन्सामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । मतगणनाको विषयमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा पाँचपोखरी थाङपाल गाउँपालिका– ५, गुन्सा क्षेत्र तनावग्रस्त बनेको छ । दुवै पक्षबीच कुटाकुट र ढुंगामुडा हुन थालेपछि स्थानीयको गुहारमा झडपलाई रोक्न गुन्सा क्षेत्रमा चारैतिर सुरक्षाकर्मी तैनाथ परिचानल गरिएको छ । बुधवार मत गणनाको क्रममा तीन मत हराएको र चार वटा मतपत्रको अर्धकट्टी नै नभएको पाइएपछि पुन मतगणना गर्नुपर्ने माग राख्दै कांग्रेससहित अन्य दलका कायकर्ताले मतगणनालाई रोकेका थिए । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले दुवै पक्षबीचको कटुभावले झडप भएको र सुरक्षाको लागि घटनास्थलमा सुरक्षाकर्मी खटाइएको बताए । बुधवार घटनास्थलमा प्रजिअ खनाल, निर्वाचन अधिकारीको टोली पुगेर विवाद मिलाएको थियो । सोक्रममा वडामा हराएको तीन मतबारे सहमति गराई मतगणना सम्पन्न सकिनएको थियो । प्रमुख जिल्ला अधिकारी खनालका अनुसार वडा नं. ५ मा १५ मतान्तरले एमालेका काले गोले विजयी भएका छन् । त्यही विषयले यहाँ तनावको स्थिति सिर्जना भएको हो । कांग्रेस क्षेत्र न २ का महाधिवेशन प्रतिनिधि कालिका गोलेकाअनुसार बिहीवार बिहान गुन्साबाट गाउँपालिका भवनतिर जाँदै गरेका कांग्रेसका एक कार्यकर्तालाई एमालेका कार्यकर्ताको समुहले बाटो छेकेर कुटपिट गर्दै मोटरसाइकल तोडफोड गरेका थिए । पछि कांग्रेसका कार्यकर्ताले एमालेबाट नवर्निवाचित वडाध्यक्ष गोलेको घरमा ढुंगामुडा र तोडफोड गरेका थिए । एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएपछि त्यसक्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतको भनाई छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…