SamwadKhabar logo

               

अर्थ व्यवसाय

ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेशलाई नेपाल चेम्बर अफ कमर्सको प्रस्ताव

संवाद खबर

संवाद खबर

ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेशलाई नेपाल चेम्बर अफ कमर्सको प्रस्ताव
जेठ ७, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेश समक्ष प्रस्ताव गरेको छ । नेपाल छिट्टै विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुग्न लागेको सन्र्दभमा बंगलादेशसंग विद्युत व्यापारका लागि चेम्बरले आग्रह गरेको हो । नेपाल बंगलादेशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा काठमाडौंस्थित बंगलादेशी दुतावासमा शुक्रबार आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल, भारत र बंगलादेशबीच भएको विद्युत व्यापार सम्वन्धी त्रिपक्षी सम्झौताको व्यवहारिक कार्यन्वयन हुनुपर्नेमा जोड दिनुभयो । नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमान चोधुरीसंग अध्यक्ष मल्लले भन्नुभयोे, ‘नेपाल, भारत र बंगलादेशबीच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको छ । यसको प्रभावकारी कार्यन्वयनका लागि तीन देशका ऊर्जामन्त्रीबीच तत्काल परिणाममुखी बार्ता गर्न आवश्यक छ । हामी निजी क्षत्रबाट पहल गर्छौं । बंगलादेशको सरकारबाट पनि यसको पहल होस् । नेपाल बंगलादेशलाई विद्युत बेच्न तयारी अवस्थामा छ, ।’ नेपाल कम्तिमा अबको १ वर्षपछि विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुग्ने अध्यक्ष मल्लको भनाई छ । भारतमा हालकै ट्रान्समिसन लाईनबाट कम्तिमा ५० मेवागट विद्युत निर्यातका लागि तयारी गर्न सकिने र अन्य सेवा सर्तका लागि तीन वटै मुलुकले गृहकार्य गर्नुपर्ने अध्यक्ष मल्लले बताउनुभयो । बंगलादेशमा ऊर्जाको माग उच्च रहेको सन्र्दभमा नेपालबाट निर्यात गर्ने विभिन्न विकल्पमा दुई पक्षीय छलफल भएको थियो । नेपाल, बंगलादेश र भारतबीच ऊर्जा व्यापार सम्वन्धी सम्झौता भएपनि यसको व्यवहारिक कार्यन्वयन हुन सकेको छैन । चेम्बर अध्यक्ष मल्ले विद्युत व्यापारको सहजिकरणसंगै नेपालमा जलविद्युतमा लगानी गर्न बंगलादेशका राजदूत चोधुरीसंग आग्रह गर्नुभयो । यस्तै नेपालमा साना तथा मझौला उद्योगमा समेत लगानीका लागि नेपाल खुला रहेको र लगानी सुरक्षणका लागि सरकारसंग आफुहरुले पहल गर्ने अध्यक्ष मल्लले बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सले आगामी असारमा गर्न लागेको चेम्बर मेलामा बंगलादेश मुख्य साझेदार रहेको छ । नेपालका लागि राजदूत चोधुरीले नेपालमा उत्पादिन विद्युत किन्नका लागि बंगलादेश तयार रहेको बताउनुभयो । उहा“ले भन्नुभयो, ‘अवको केही देशक भित्रै बंगलादेशले ग्रन इनर्जीलाई प्रोतसाहन गर्ने छ । सोही अनुसार हाम्रा प्राथमिकताहरु, योजनाहरु बनिरहेकाछन् । नेपालको विद्युत खरिद गर्नका लागि हामी आतुर छौं ।’ भारतको बाटो भएर विद्युत खरिद गर्नका लागि आवश्यक प्रक्रीया तत्काल शुरु गर्न आफ्नो देशको सरकारसमक्ष पहल गर्ने राजदूत चोधुरीले बताउनुभयो । यद्यपी अन्य क्षेत्रमा लगानीका लागि नीतिगत सुधारको अपेक्षा गरिएको उहा“ले बताउनुभयो । नेपालसंग लगानी सुरक्षण सम्वन्धी छुट्टै सम्झौता गर्न पहल गरेपनि परिणाम हासिल हुन नसकेको बताउनुभयो ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …