SamwadKhabar logo

               

अर्थ व्यवसाय

स्थानीय तहको जनप्रतिनिधिले पाउने तलबभत्ता यस्तो छ हेर्नुस्

संवाद खबर

संवाद खबर

स्थानीय तहको जनप्रतिनिधिले पाउने तलबभत्ता यस्तो छ हेर्नुस्
जेठ ८, काठमाडौँ । स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा प्रदेश सरकारहरूले तोक्ने गरेका छन्। नेपालको संविधानमै स्थानीय तहका पदाधिकारीको सेवा सुविधा प्रदेश सरकारले बनाएको कानुनअनुसार हुनेछ भनी व्यवस्था गरिएको छ। त्यसैले प्रत्येक प्रदेश सरकारले छुट्टाछुट्टै कानुन बनाएर स्थानीय तहका पदाधिकारीको सेवा सुविधा तोकेका छन्। बागमती प्रदेश सरकारले बनाएको कानुनमा महानगरपालिका तथा उपमहानगरपालिका मेयरको मासिक तलब ४२ हजार तथा ४० हजार रूपैयाँ तोकेको छ। यसबोहक सञ्चार सुविधामा मेयरले मासिक ३ हजार तथा उपमेयरले २ हजार ५ सय रूपैयाँ पाउने गरेका छन्। स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा गाउँपालिकाका सबै पदाधिकारीको सेवा सुविधा तथा भत्ता छुट्टाछुट्टै तोकिएको छ, जसअनुसार गाउँपालिकाको अध्यक्षको तलब सुविधा मासिक ३० हजार, उपाध्यक्षको २५ हजार, वडाध्यक्षको २० हजार, कार्यपालिका सदस्यको ६ हजार तथा सभाका सदस्यको मासिक ५ हजार रूपैयाँ कायम गरिएको छ। यसैगरी गाउँपालिका अध्यक्षको सञ्चार सुविधा मासिक १ हजार ५ सय, दैनिक भ्रमण भत्ता दैनिक १ हजार ८ सय, विदेश भ्रमणमा गएको बेला दैनिक खर्च १ सय ५० रूपैयाँ कायम गरिएको छ। यसैगरी उपाध्यक्षको सञ्चार सुविधा मासिक १ हजार, दैनिक भ्रमण भत्ता १ हजार ६ सय, विदेश भ्रमण गर्दा दैनिक खर्च १ सय ४० रूपैयाँ कायम गरिएको छ। यसैगरी वडाध्यक्षको सञ्चार सुविधा मासिक ८ सय, दैनिक भ्रमण भत्ता १ हजार ५ सय तथा विदेश भ्रमण गर्दा दैनिक खर्च १ सय २५ रूपैयाँ कायम गरिएको छ। कार्यपालिका सदस्य र सभा सदस्यको दैनिक भ्रमण भत्ता १ हजार ५ सय रूपैयाँ काम गरिएको छ। यसैगरी विदेश भ्रमणमा गएको बेला दैनिक १ सय २५ रूपैयाँ कायम गरिएको छ। सबै पदाधिकारीको यात्रा बिमा प्रतियात्रा १० लाख रूपैयाँ कायम गरिएको छ। यसैगरी बैठक भत्ता प्रतिबैठक ५ सय रूपैयाँ तोकिएको छ। यसैगरी नगरपालिकाको हकमा नगर प्रमु्खको मासिक तलब ३५ हजार, उपप्रमुखको ३० हजार, वडाध्यक्षको २१ हजार, कार्यपालिका सदस्यको ७ हजार तथा सभाका सदस्यको ६ हजार रूपैयाँ कायम गरिएको छ। यसैगरी सञ्चार सुविधा नगरप्रमुखको मासिक २ हजार, उपप्रमुखको १ हजार ५ सय तथा वडाध्यक्षको १ हजार रूपैयाँ कायम गरिएको छ। दैनिक भ्रमण भत्ता नगरप्रमुखको २ हजार, उपप्रमुखको १ हजार ८ सय तथा वडाध्यक्ष, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यको १ हजार ६ सय कायम गरिएको छ। विदेश भ्रमणमा गएका बेला दैनिक खर्च नगर प्रमुखको दैनिक १ सय ५०, उपप्रमुखको १ सय ४०, तथा वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सभा सदस्यको १ सय २५ रूपैयाँ कायम गरिएको छ। बैठक भत्ता प्रति बैठक ५ सय रूपैयाँ कायम गरिएको छ। यसैगरी उपमहानगपालिकाको हकमा नगर प्रमुखको मासिक तलब ४० हजार, उपप्रमुखको ३५ हजार, वडाध्यक्षको २२ हजार, कार्यपालिका सदस्यको ७ हजार ५ सय तथा सभा सदस्यको ६ हजार ५ सय कायम गरिएको छ। सञ्चार सुविधामा नगरप्रमुखको मासिक २ हजार ५ सय, उपप्रमुखको १ हजार ५ सय तथा वडाध्यक्षको १ हजार रूपैयाँ कायम गरिएको छ। दैनिक भ्रमण भत्तामा नगर प्रमुखको २ हजार, उपप्रमुखको १ हजार ८ सय, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सभा सदस्यको १ हजार ६ सय रूपैयाँ कायम गरिएको छ। विदेश भ्रमण गर्दा नगर प्रमुखको दैनिक १ सय ५०, उपप्रमुखको दैनिक १ सय ४०, कार्यपालिका सदस्य तथा सभा सदस्यको दैनिक १ सय २५ रूपैयाँ कायम गरिएको छ। सबै पदाधिकारीहरू दैनिक भ्रमण भत्ता ५ सय राखिएको छ। महानगरपालिकाका नगर प्रमुखको मासिक तलब ४२ हजार, उपप्रमुखको ३७ हजार, वडाध्यक्षको २५ हजार, कार्यपालिका सदस्यको ८ हजार तथा सभा सदस्यको ७ हजार रूपैयाँ कायम गरिएको छ। सञ्चार सुविधामा नगर प्रमुखको मासिक ३ हजार, उपप्रमुखको १ हजार ५ सय तथा वडाध्यक्षको १ हजार रूपैयाँ कायम गरिएको छ। दैनिक भ्रमण भत्ता नगर प्रमुखको २ हजार ५ सय, उपप्रमुखको २ हजार, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सभा सदस्यको १ हजार ६ सय रूपैयाँ कायम गरिएको छ। विदेश भ्रमणमा गएको बेला नगर प्रमुखको दैनिक खर्च १ सय ७५, उपप्रमुखको दैनिक खर्च १ सय ५० तथा वडाध्यक्ष, कार्यपालिका सदस्य तथा नगर सदस्यको १ सय २५ रूपैयाँ कायम गरिएको छ। यसैगरी प्रतिबैठक ५ सय रूपैयाँ कायम गरिएको छ। बागमती प्रदेश सरकारले स्थानीय तहका सबै पदाधिकारीहरूको यात्रा विमा गर्ने गरेको छ। जसअनुसार पदाधिकारीको प्रति यात्रा विमा १० लाख रूपैयाँ कायम गरिएको छ। नागरिक दैनिकबाट

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …