धर्मगुरु खेन रिन्पोछे फुर्बादोर्जे पाख्रिनलाई ‘मेसेन्जर अफ पिस आर्वड’
जेठ १०, काठमाडौँ । फ्रान्समा भएको कान्स फिल्म महोत्सव–२०२२ बाट श्रद्धेय धर्मगुरु खेन रिन्पोछे फुर्बादोर्जे पाख्रिनलाई ‘मेसेन्जर अफ पिस आर्वड’ प्रदान गरिएको छ । २०२२ Cannes Film Festival मा Being peace Documentary features and Nepal based on spiritual land का निर्देशकको भूमिका गर्नुभएको थियो । रिन्पोछे पाख्रिनलाई नेपालको आध्यात्मिक भूमिमा शान्ति र विशेषताहरुमा आधारित निर्मित शान्ति वृत्तचित्रको निर्देशकको भूमिका गरि योगदान पु¥याएकोमा शान्तिदूत ट्रफीबाट सम्मान भएका हुन् ।
२१ मे २०२२ मा ओएनजी रिसो मोन्डियल डेस एक्सप्रेस नामक संस्थाले शान्ति सद्भाव श्री मार्सेल कोउमेननका साथ उनका उपराष्ट्रपति र कूटनीतिक सल्लाहकार जीन लुक प्रेडियरले खेन रिन्पोछे फुर्बा दोर्जी पाख्रिनलाई शान्ति मध्यस्थ पुरस्कार प्रदान गरेका थिए । पुरस्कारका साथै विश्व शान्तिको विकासलाई अनुमति दिने मानवता र सभ्यताको कार्यलाई पुरस्कृत गर्नका लागि शान्ति दूत प्रदान गरे।
पुरस्कार तथा सम्मान कार्यक्रममा खेन रिन्पोछे पाख्रिनका आत्मीय मित्र Manual De la Roche र HollyWood का चर्चित अभिनेत्री sharon Stone , त्यसै गरि France Football league का पुर्व अध्यक्ष Federic लगायत विशेष व्यक्तित्वहरु उपस्थित रहेको आयोजकले जनाएको छ ।
हिमालय मैत्री फाउण्डेशन, नेपालका संस्थापक समेत रहनुभएका धर्मगुरु खेन रिन्पोछे फुर्बादोर्जे पाख्रिन शान्तिदूत ट्रफीबाट पुरस्कृत हुनुभएकोमा हिमालयमैत्री फाउण्डेशन नेपालका परिवारले बधाई ज्ञापन गरेका छन् । विश्वमा शान्ति फैलाउने र आध्यात्मिकबाट मानव व्यक्तित्व निर्माणमा सहयोग पु¥याउने सन्देश प्रवाह गरेकोले खेन रिन्पोछे पाख्रिनलाई सम्मान गरिएको जनाएको छ । सोही कार्यक्रमबीच करिब ३५० भन्दा बढि विशेष व्यक्तिहरुको उपस्थितमा खेन रिन्पोछेबाट मानव धर्म, मैत्री र करुणा तथा विश्व शान्तिको लागि महत्त्वपूर्ण सन्देश दिनुभएको थियो ।