SamwadKhabar logo

               

गण्डकी प्रदेश

मुख्यमन्त्री पोखरेलसंग भारतीय कार्यवाहक राजदूतको भेट

संवाद खबर

संवाद खबर

मुख्यमन्त्री पोखरेलसंग भारतीय कार्यवाहक राजदूतको भेट
जेठ ११, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाले मंगलबार मुख्यमन्त्री कार्यालयमा भेट गरेकी छन् । कास्की र मुस्ताङमा भारतीय दूतावासमार्फत् सञ्चालित योजना अनुगमन र उद्घाटनका क्रममा रादजूत खम्पा पोखरा आएकी हुन् । भेटका अवसरमा प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापा, प्रमुख सचिव रविलाल पन्थ सहभागी थिए । उक्त अवसरमा नेपाल र भारतबीचको सम्बन्धको कुनै व्याख्या गर्न जरुरी नभएको भन्दै प्रदेश र मुलुकको समृद्धिका लागि सहकार्य बढाउँदै लैजानुपर्नेमा जोड दिए । उत्तरमा चीनको नाकादेखि दक्षिण भारत जोड्ने कोरला–त्रिवेणी सडक अन्तर्गत दुम्कीवास त्रिवेणी खण्डको ८ किलोमिटर सुरुङ मार्ग निर्माणमा प्रदेशले संघ सरकारमार्फत् भारतसँग सहकार्य गर्न तयार रहेको उनले बताए । तनहुँमा रहेको गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास केन्द्रको स्तरोन्नतीका लागि नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेसमेत प्रतिबद्धता जनाएको स्मरण गराउँदै मुख्यमन्त्री पोखरेलले त्यहाँ मेडिकल कलेज सञ्चालनका लागि भारत सरकारबाट सहयोगको अपेक्षा गरिएको मुख्यमन्त्री पोखरेलले भनाइ राखे । प्रदेशको रोजगारी प्रवद्र्धन, पर्यटकीय क्षेत्र पोखराको सौन्दर्यीकरणका साथै फेवातालको संरक्षणमा समेत सहकार्य गरेर जान सकिने मुख्यमन्त्रीको भनाइ थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यहाँको व्यावसायिक क्षेत्र फराकिलो हुने भन्दै त्यसै अनुसारका संरचना निर्माण जरुरी रहेको उनले सुनाए । कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाले गण्डकी प्रदेशको समृद्धिका लागि सहकार्य गर्न भारत तयार रहेको बताइन् । प्रदेशभित्रका सडक, पर्यटकीय पूर्वाधार र यातायात क्षेत्रमा भारतीय सरकारले सहयोग गर्दै आएको र योजनाका बारेमा विस्तृत विवरण प्राप्त भएको खण्डमा थप काम सुरु गर्न सकिने उनेको भनाइ थियो । नेपाली विद्यार्थीलाई छात्रवृत्तिका साथै विद्यालय तथा क्याम्पसका लागि बस, अस्पताल र संघसंस्थाका लागि एम्बुलेन्स प्रदान गर्दै आएको र यसले निरन्तरता पाउने प्रतिबद्धता उनले जनाइन् । भारतीय राजदूतावासमार्फत् प्रदेशभर ५२ वटा योजना सञ्चालन भएकामा कास्कीमा मात्र ११ वटा सञ्चालित छन् ।    

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

२६ भाद्र, काठमाडौं । तनहुँ आबुखैरेनी गाउँपालिका२ र ३ नम्बर वडा जोड्ने खहरे खोला नज…

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

१७ भाद्र, काठमाडौं । गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्री शपथ ग्रहण गर्नुभएको छ।…

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

१२ भाद्र, काठमाडौं । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलवार साँझ खसेको ह…

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था  : श्रममन्त्री अर्याल

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था : श्रममन्त्री अर्याल

२१ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले रोजगार…