SamwadKhabar logo

               

शिक्षा

शिक्षक र कर्मचारीलाई ७ दिनभित्र दलको आबद्धता त्याग्न मेयर थारुको निर्देशन

संवाद खबर

संवाद खबर

शिक्षक र कर्मचारीलाई ७ दिनभित्र दलको आबद्धता त्याग्न मेयर थारुको  निर्देशन
जेठ ११, बर्दिया । राजापुर नगरपालिकाको पहिलो बैठकले विभिन्न राजनैतिक दलमा आबद्ध रहेका शिक्षक र कर्मचारीलाई सात दिनभित्र राजीनामा दिन निर्देशन दिएको छ । विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरणविपरीत काम गर्ने शिक्षक र कर्मचारीले राजनैतिक दलको विभिन्न पद नछाडे कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ । मंगलबार राजापुर नगरपालिकाको बैठकले उक्त निर्णय गरेको हो । नगर प्रमुख दिपेश थारुले प्रचलित शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १६(ङ) को उपदफा ५ को (६) को व्यवस्था उल्लंघन गरी राजनैतिक दलमा संलग्न रहेको पाइएकोले सात दिन भित्र उक्त पद छाड्न निर्देशन दिएको बताए । ‘उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र पालिकामा पेस गर्न निर्देशन जारी गरेका छौँ,’उनले भने‘कसैले पालिकाको नियम अटेर गरे कारबाहीका लागि सम्बन्धित निकायमा पत्रचार गर्नेछौँ ।’ चौधरी लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिई माओवादी केन्द्रबाट राजापुरको मेयरमा निर्वाचित भएका हुन् । शिक्षा क्षेत्रमा सुधारलाई पहिलो प्राथमिकतामा राख्दै राजनीतिबाट टाढा राख्ने निर्णय भएको उनले बताए ।  

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…