SamwadKhabar logo

               

राजनीति

खानीखोलाको पहिलो निर्णयः दलित र अल्पसंख्यक समुदायका विद्यार्थीलाई छात्रवृत्ति

संवाद खबर

संवाद खबर

खानीखोलाको पहिलो निर्णयः  दलित र अल्पसंख्यक समुदायका विद्यार्थीलाई छात्रवृत्ति
जेठ ११, काभ्रे । खानीखोला गाउँपालिकाले एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने दलित र अल्पसंख्यक समुदायका छात्रा र छात्रलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले पदभार ग्रहण गर्ने क्रममा पहिलो निर्णय गर्दै स्नातक तहसम्मको अध्ययनका लागि एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने दलित र अल्पसंख्यक समुदायका छात्रा र छात्रलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो । यसका लागि गाउँपालिकाले अविलम्ब कार्यविधि बनाउने निर्णयमा उल्लेख छ । ‘खानीखोला गाउँपालिका भित्रका अल्पसंख्या र दलित परिवारका छात्र÷छात्रामध्ये एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने एकजना छात्र र एक जना छात्रालाई जुनसुकै विषयमा विषयमा उच्च शिक्षा स्नातक तहसम्म गाउँपालिकाले निःशुल्क पठन पाठन गराउने सो कार्यका लागि गाउँपालिकाले कार्यविधि तयार गरी कार्यविधि बमोजिम कार्यान्वयन गर्ने निर्णय भएको छ’ पदभारको क्रममा भएको निर्णय सुनाउँदै निमित्त प्रशासकीय अधिकृत मोहनलाल श्रेष्ठले भने । त्यससँगै पदभार ग्रहणको क्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुले सार्वजनिक पद धारण गरेपछि नियमानुसार बुझाउनुपर्ने तोकिएको ढाँचा बमोजिम म्यादभित्रै आफ्ना सम्पति विवरण सम्बन्धित निकायमा बुझाउने निर्णय पनि भएको छ । खानीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका सचिव इन्द्रबहादुर थिङ र उपाध्यक्षमा कांग्रेसबाट दोर्जेमान जिम्बा निर्वाचित बनेका थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…