SamwadKhabar logo

               

राजनीति

एमाले निकट विद्यार्थीद्वारा अस्कलका उपप्राध्यापक कुटिए

संवाद खबर

संवाद खबर

एमाले निकट विद्यार्थीद्वारा अस्कलका उपप्राध्यापक कुटिए
जेठ २६, काठमाडौं । काठमाडौंको लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) का उपप्राध्यापक दिवाकर पाण्डे विद्यार्थीबाट कुटिएका छन् । पाण्डेलाई गत आइतबार (२२ गते) एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको इकाइ कमिटी सहसचिव पंकज पाण्डेले कुटपिट गरेको क्याम्पस प्रमुख लोकबहादुर बरालले बताए । खेलकुद तथा विद्यार्थी कल्याणकारी विभाग प्रमुख रहेका उपप्राध्यापक दिवाकरलाई पंकजले सल्लाह गर्नुछ भनेर एकान्तमा लगेर कुटेको एक विद्यार्थीले बताए । अनेरास्ववियुका विद्यार्थीमाथि दर्ता भएको कीर्ते मुद्दा फिर्ताका लागि दबाव दिन उपप्राध्यापकमाथि कुटपिट भएको हो । अनेरास्ववियुका पूर्व इकाइ प्रमुख कमलराज जोशीले बीएससी सीएसआईटीको भर्ना प्रक्रियामा कीर्ते नामावली तयार गरेका थिए । त्यही विषयमा क्याम्पस प्रशासनले कीर्ते मुद्दामा अनेरास्ववियुका जोशीसँगै रुद्रहरि पोखरेलविरुद्ध किटानी जाहेरी दिएको छ । उनीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी पनि जारी गरिसकेको छ । सोही मुद्दा फिर्ता गराउन उपप्राध्यापक पाण्डेलाई दबाव दिएको तर, उनले कुनै भूमिका नखेलेपछि कुटपिट गरेको एक प्राध्यापकले बताए । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले शिक्षकलाई नकुटेको बरु जोगाउन खोजेको प्रतिक्रिया दिइन् । ‘अरुले हाम्रो अखिलका साथीहरुले कुटेको भन्छन् तर, हाम्रा साथीहरु भने हामीसँग सम्बन्धित सर हो । उहाँलाई सुरक्षा गर्न खोज्दा हामीलाई अगाडि देखाएर साथीहरुले कुटे भन्छन् ।’ शिक्षक कुटेको विषय छानबिन हुनुपर्ने र संलग्नलाई कारबाही गर्न सहजीकरण गर्ने अध्यक्ष बरालले बताइन् । विद्यार्थीको कुटपिटमा परेका उपप्राध्यापक अहिले क्याम्पस आउन नसकेको क्याम्पस प्रमुख बरालले बताए । उनले भने ‘अहिले उहाँ शारीरिक, मानसिक पीडामा हुनुहुन्छ । डाक्टरको रिपोर्ट अनुसार बायाँपट्टिको कोखामा गहिरो चोट लागेको छ ।’ उपप्राध्यापकमाथि भएको आक्रमणको अन्य विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…