SamwadKhabar logo

               

राजनीति

जिसस काभ्रेको निर्वाचनमा सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने

संवाद खबर

संवाद खबर

जिसस काभ्रेको निर्वाचनमा सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने
जेठ ३०, काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेको निर्वाचनमा सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वयनको समिति निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन गरेको छ । जसअनुसार गठबन्धनको तर्फबाट समन्वय समिति प्रमुखको लागि नेकपा एकिकृत समाजवादीका जिल्ला सचिव दिपक गौतमले उम्मेदवारी दिनुभएको छ । त्यस्तै उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रिमबहादुर तामाङले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा एमालेबाट जिल्ला समन्वयन समिति प्रमुखमा कमला काफ्ले र उपप्रमुखमा राजेन्द्र केसीले उम्मेदवारी दिएका छन् । जिल्ला समन्वय समितिको निर्वाचन आगामी असार १ गते हुने भएको छ । १३ स्थानीय तह रहेको काभ्रेमा २६ मतदाता रहेका छन् ।नेपाली कांग्रेस एक्लैको १३ मत रहेको छ भने नेकपा माओवादी केन्द्रको ८ र एकीकृत समाजवादीको १ मत रहेको छ । नेकपा एमालेसँग ४ मत मात्रै छ । तर, बहुमतका लागि १४ मत आवश्यक पर्छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…