SamwadKhabar logo

               

खेलकूद

पेरुलाई हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट

देवराज रिजाल

देवराज रिजाल

पेरुलाई हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट
३१ जेष्ठ काठमाडौँ । कतारको दोहास्थित अहमेद विन अली स्टेडियममा सोमबार राति भएको कन्टिनेन्टल प्ले अफको फाइनलमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पेरुलाई हराउँदै एसियाली राष्ट्र अष्ट्रेलिया कतारमा हुने फिफा विश्वकप (२०२२ मा छनोट भएको छ । खेलमा अष्ट्रेलियालाई सडन डेथमा ५–४ गोलले हरायो । अष्ट्रेलिया सन् २००६ पछि लगातार पाँचौ पटक विश्वकपमा छनोट हुन सफल भएको छ । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयमा समेत कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । जहाँ अष्ट्रेलिया सव्सिच्युट गोलरक्षक एन्ड्रिउ रेडमेन नायक बन्नुभयो । उहाँले सडनडेथको अन्तिम पेनाल्टी बचाउनुभएको थियो। टाइब्रेकरमा अष्ट्रेलियाका आरोन मोए, क्रेइग गुडविन, एज्दिन रुस्टिक, जेमी माकलरेन र एवेर मविलले गोल गर्नुभयो । अष्ट्रेलियाका मार्टिन बोएलको सुरुवाती प्रहार विफल बनेको थियो । पेरुका जियानलुका लापाडुला, एलेक्सान्डर कालेन्स, रेनाटो तापिया र इडिसन फ्लोरेसले गोल गर्नुभयो । लुइस इडभिनकुलाको प्रहार विफल बन्यो भने एलेक्स भालेराको पेनाल्टीलाई गोलरक्षक एन्ड्रिउ रेडमेनले बचाउनुभएको थियो । अष्ट्रेलिया कतार विश्वकपमा छनोट हुने ३१औं टोली बनेको छ । अष्ट्रेलियाले विश्वकपमा साविक विजेता फ्रान्स, डेनमार्क र ट्युनिसिया रहेको समूह ‘डी’ बाट प्रतिस्पर्धा गर्नुछ । अब कोस्टारिका र न्युजिल्यान्डमध्येबाट एक टोली छानिएपछि कतार विश्वकप खेल्ने सबै ३२ राष्ट्रको टुंगो लाग्नेछ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…