SamwadKhabar logo

               

शिक्षा

लोकसेवामा नक्कली परीक्षार्थीको सेटिङ, एक शिक्षक पक्राउ

देवराज रिजाल

देवराज रिजाल

लोकसेवामा नक्कली परीक्षार्थीको सेटिङ, एक शिक्षक पक्राउ
३ असार, काठमाडौँ । पोखरा२४ कास्कीकोटका एक जना शिक्षकले पनि लामो समयदेखि नक्कली परीक्षार्थी लगाएर परीक्षा दिने गरेको खुलेको छ । कास्कीकोटका कालिका माविका उपप्रधानाध्यापकसमेत रहेका दीपेन्द्र बस्ताकोटीले आफ्नै विद्यालयका विद्यार्थी लगाएर परीक्षा दिन लगाउने र उनले पनि आफै परीक्षा दिँदै आएको खुलेको हो । उनले लोकसेवा आयोगको परीक्षा दिन फाराम भरेका परीक्षार्थीसँग लाखौं रुपैयाँ लिने र आफ्ना विद्यार्थी लगाएर उनीहरुको परीक्षा दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत १९ चैतमा हेटौंडामा भएको लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी फेला परेपछि अनुसन्धानका क्रममा बस्ताकोटी ट्रयापमा परेका हुन् । रेडक्रसले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा सहभागी गराउने भन्दै लैजाने गरेको विद्यालयले जनाएको छ । प्रधानाध्यापक ईश्वरीप्रसाद बस्ताकोटीले विद्यालयबाट सधैँ विद्यार्थी हाजिरी जवाफका लागि भनेर लैजाने गरेको बताए । ‘हाजिरी जवाफ भनेर लैजानुहुन्थ्यो । कहिले १५ जना हुन्थे । कहिले १० जना हुन्थे । हाजिरीजबाफ भनेपछि संख्यातिर ध्यान दिएनौँ,’ उनले भने, ‘स्थायी विज्ञान शिक्षक । आफै पनि भद्र मान्छे भएकोले त्यस्तो गर्नुहोला भन्ने कल्पना गरेकै थिएनौं ।’ १९ चैतमा सोही विद्यालयमा पढ्ने एक छात्रालाई उनले हाजिरी जवाफका लागि भनेर लगेका थिए । ‘काठमाडौं भनेर लैजानुभएको हो । त्यहाँबाट सरुवा भयो भनेर हेटौंडा लग्नुभयो । १९ चैतमा परीक्षा दिएर आएँ,’ उनले भनिन्, ‘हामी उही दिन फर्कियौँ । डेढ घण्टाको परीक्षा दिएको हो । त्यसपछि धेरै पटक परीक्षाको रिजल्ट मागेँ, दिनुभएन । परीक्षाको रिजल्ट सोधेपछि आउनै छोड्नुभयो ।’ बस्ताकोटी अहिले पुर्पक्षका लागि मकवानपुर कारागारमा थुनामा छन् । उनले एउटै सक्कली परीक्षार्थीबाट २० देखि ३० लाखसम्म लिने गरेको बताइएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…