SamwadKhabar logo

               

शिक्षा

राष्ट्रिय कानुन विद्यार्थी सम्मेलनबाट २१ सदस्यीय केन्द्रीय समिति गठन

संवाद खबर

संवाद खबर

राष्ट्रिय कानुन विद्यार्थी सम्मेलनबाट २१ सदस्यीय केन्द्रीय समिति गठन
असार ४, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाललले पहिलो राष्ट्रिय कानुन विद्यार्थी सम्मेलनबाट विद्यार्थी परिषद् र कानुन कार्य राष्ट्रिय समिति गठन गरेको छ । विद्यार्थी परिषद्ले असार ३ र ४ गते ललितपुरकको नेसनल ल कलेजमा आयोजना गरेको दुई दिने राष्ट्रिय कानुन विद्यार्थी सम्मेलनबाट चार सल्लाहकार टोली र २१ सदस्यीय विद्यार्थी परिषद् कानुन अध्ययन राष्ट्रिय कार्यसमिति निर्माण गरेको हो । परिषद्को कानुन कार्य समितिमा केन्द्रीय संयोजक मिलन अधिकारी, सह संयोजक अनोज शर्मा, सचिव भानुप्रकाश, सह–सचिव विष्णु विवेक ढुङ्गाना, सह–सचिव रिना ज्ञवाली, छात्रा प्रमुख नविना पाठक, कोषाध्यक्ष श्रद्धासुमन गुरूवाचार्य, मिडिया संयोजक सहदेव नेपा , सदस्यहरूमा प्रगति तिवारी, रामरतन सिंह, मञ्जिला ज्ञवाली, नाताशा कुमारी अधिकारी, आकाश प्याकुरेल, रक्षा घिमिरे, यशोदा चन्द, अपरा न्यौपाने, अमराज साँउद, सफलता विश्वकर्मा, जगदीश मल्ल , वर्षा सुनार , सम्भव कोइराला सहित २१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । त्यस्तै केन्द्रीय सल्लाहकारहरू ज्ञानेश्वर पराजुली, शेमन्त दाहाल, प्रा. हेमराज गिरी र राष्ट्रविमोचन तिमल्सिना रहनु भएको छ । दुई दिन सम्म संचालन भएको सम्मेलनमा अन्तर्राष्ट्रिय कानुन, धर्मशास्त्र र कानुनको भिन्नता, विद्यार्थी परिषद्को कार्यमा कानुन विद्यार्थीहरूको भूमिका, नेपालमा भईरहेको आपराधिक गतिविधि र अपराधको प्रकृति, कानुन र नैतिकता लगायत महत्त्वपूर्ण विषयहरूमा नेपाल तथा भारतका विज्ञहरू नेपाल ल क्याम्पसका सहायक डीन ज्ञानेश्वर पराजुली, एआइजी उत्तमराज सुवेदी, वरिष्ठ अधिवत्ता शेमन्त दाहाल, भारतको उदयपुर विश्वविद्यालय कानुन विभागका डीन आन्नद पालिवल र विद्यार्थी परिषद्का संगठन सचिव नारायण प्रसाद ढकाल, सह संगठन सचिव रमेश कण्डेल,महासचिव छितराज न्यौपानेले छलफल र अन्तर्क्रिया गरेका थिए । विद्यार्थी परिषद्ले वर्तमान समयमा नेपाललको न्यायालय, कानुनी क्षेत्र, ल क्याम्पसहरूमा देखिएका विकृति ,विसंगति , भ्रष्टाचार , दलीय भागबन्डा, न्यायमाथि अर्थिक अनियमितता यी तमाम विषयहरूलाई नियाल्दै आगामी दिन स्वच्छ, निश्पक्ष, न्यायालयलाई दलीय भागबन्डाबाट मुक्त बनाउने दीर्घकालीन उद्देश्य सहित यस राष्ट्रिय कानुन सम्मेलनबाट विद्यार्थी परिषद् कानुन कार्य राष्ट्रिय समिति निर्माण गरेको बताएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…