SamwadKhabar logo

समाचार

हैजा रोग के हो र यसबाट कसरी बच्ने ?

देवराज रिजाल

देवराज रिजाल

हैजा रोग के हो र यसबाट कसरी बच्ने ?
५ असार, काठमाडौँ । झाडा पखालाका बिरामी पछिल्लो केही दिनदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बढ्न थालेका छन् । वर्षायाम सुरुभएसँगै अस्पतालमा बिहीबार यो वर्षकै धेरै १९ जना झाडा पखालाका बिरामी अस्पतालमा आएको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा अहिले छ जना झाडा पखालाका बिरामी उपचाररत छन् । त्यस्तै, गतवर्ष कपिलवस्तुको कृष्णनगर तीन नगरपालिकामा हैजा फैलिएको थियो । त्यहाँ ८५५ जना हैजा सङ्क्रमित थिए । जसमध्ये चार जना बिरामीको मृत्यु भएको थियो । जसमध्ये तीन जना १० वर्षमुनिका थिए । विशेप गरि वर्षायाममा खानेपानीको मुहानमा आकाशे पनिले गर्दा विभिन्न किसिमका फोहोरहरु मिसिएर पानी सफा नहुँदा बेलाबेलामा समुदायमा हैजा फैलिने चिकित्सक बताउँछन् । हैजा के हो ? अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.विमल शर्मा चालिसेले भन्नुहुन्छः भिब्रियो कोरेला नामक ब्याक्टेरियाको कारण लाग्ने झाडापखालालाई हैजा भनिन्छ । उहाँका अनुसार यस ब्याक्टेरिया हाम्रो शरीरभित्र पस्यो भने झाडा पखाला लाग्ने गर्दछ त्यसलाई कोलेरा अर्थात् हैजा भनिन्छ । उहाँ भन्नुहुन्छ, ‘हैजा भएका मानिसको दिसामा उक्त कीटाणुहरु निस्कन्छन् । ती कीटाणु पानी र खानाको माध्यमबाट मानिसको पेटमा जाने गर्छ । मानिसको सानो आन्द्रामा सो ब्याक्टेरियाले सङ्क्रमण गरी झाडापखाला लाग्ने गर्छ ।’ हैजा भएका दशमध्ये एक जनामा गम्भीर हैजा हुने अध्ययनहरुले देखाएको छ । त्यस्तै, घरमा एक जनालाई भएमा लगभग सबैलाई हुने गर्छ । लक्षणहरु निरन्तर पातलो चामल धुँदा निस्कने चौलानी जस्तो दिसा लाग्नु, बान्ता हुनु हैजाको प्रमुख लक्षण भएको उहाँ बताउनुहुन्छ । कीटाणु शरीरमा प्रवेश गरेको २४ घण्टादेखि हैजाका लक्षणहरू देखिने गर्दछन् । लक्षण सामान्यतः पाँचदेखि सात दिनसम्म रहने चिकित्सक बताउँछन् । झाडापखाला निरन्तर लाग्ने हुँदा शरीरमा पानीको मात्रा घट्ने हुँदा केही घण्टाभित्रै जलवियोजन तथा इलेक्ट्रोलाइटको कमी हुने चिकित्सक बताउँछन् । जलवियोजनका कारण तौल घट्ने, पेट दुख्ने, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने जस्ता लक्षण देखिन्छन् । शरीरमा पानीको मात्रा कम भई पिसाब बन्द भएर मिर्गौला फेल हुने सम्भावना भई मानिस मृत्युको मुखमा पुग्न सक्ने उहाँको चेतावनी छ । कतिपय मानिसलाई बिना लक्षण निको हुने गर्छ । त्यस्ता मानिसले अर्को मानिसलाई सार्ने गर्दछन् । हैजा जुनसुकै उमेर समूहका मानिसमा पनि हुने गर्दछ । तर पाँच वर्ष उमेरका बालबालिकालाई जोखिम बढी हुन्छ । दूषित पानी, खाना खाने मानिसहरु पनि बढी जोखिममा हुने गर्दछन् । वृद्धवृद्धा, दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई कडा लक्षण देखिने उहाँ बताउनुहुन्छ । कस्तो खानेकुरा खाने ? हैजा भएकाहरुको शरीरमा पानीको मात्रा कम हुने हुँदा प्रशस्त मात्रामा झोलिलो खानेकुरा खुवाउन चिकित्सकको सुझाव छ । बिरामीको चाहनाअनुसार सफा र ताजा खानेकुरा खुवाउन डा. चालिसेको आग्रह छ । उहाँ भन्नुहुन्छ, “दाल, दही फलफूलको जुस, केराजस्ता खानेकुरा प्रशस्त मात्रामा खुवाउनुपर्छ । अस्पतालमा लैजान नसकेमा घरमा नै जीवनजल बनाएर खुवाउनुपर्छ । जति पानी बाहिर निस्कन्छ त्यतिकै मात्रामा जीवनजल खुवाउनुपर्छ ।” जीवनजल नपाउने ठाउँमा पाँच गिलास सफा उमालेर चिसो बनाएको पानीमा छ चम्चा चिनी र आधा चम्चा नुन मिसाएर खुवाउनुपर्छ । घरेलु उपचारले पनि निको भएन भने बिरामी बेहोस् होला जस्तो भयो भने, शरीर कमजोर भएमा, पिसाबको मात्रा कम भएमा बिरामीलाई तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजान चिकित्सकको सुझाव छ । झाडापखाला लागेपछि जथाभावी औषधि किनेर नखाने चिकित्सकको सुझाव छ । कसरी सुरक्षित हुन सकिन्छ ? “सकेसम्म बासी खानेकुरा र फोहोर पानी नखाने, सरसफाइमा ध्यान दिने, दिसा, पिसाब गरेपछि राम्रोसँग मिचिमिची साबुनपानीले हातखुट्टा धुने, जथाभावी नछुने जस्ता जनस्वास्थ्यका मापदण्ड अपनाउने, त्यस अलावा घरमा कसैलाई हैजा भएमा त्यहाँबाट निस्कने फोहोरलाई राम्रोसँग विसर्जन गर्ने, समुदायमा पानीको मुहान सफा भए नभएको बेलाबेलामा जाँच गर्नुपर्छ ।”

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि