SamwadKhabar logo

               

राजनीति

निर्वाचनमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै राष्ट्रहितको काममा लाग्न नेता खनालको आग्रह

संवाद खबर

संवाद खबर

निर्वाचनमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै राष्ट्रहितको काममा लाग्न नेता खनालको आग्रह
असार ८, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले नव जननिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचनमा प्राप्त गरेको उपलब्धीलाई रक्षा गर्दै राष्ट्रहितको पक्षमा काम गर्न आग्रह गर्नुभएको छ । बुधबार समाजवादी प्रेस संगठन नेपाल, जिल्ला शाखा काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनकै कारण आफ्नो पार्टीले ल्याउनेजति सिट र मत प्राप्त गर्न नसकेको दाबी गर्नुहुँदै अहिले नौ लाख मतदाता पार्टीमा रहेको भने पनि त्यो संख्या झन्डै २० लाख रहेको बताउनुभयो । नेता खनालले रुस र युक्रेनको युद्धका कारण देखाउँदै सरकरले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरुद्धमा आफ्नो पार्टी रहेको बताउनुभयो । उहाँले नेकपा (एकीकृत समाजावादी) मूल्यवृद्धिको पक्षमा नरहेको भन्दै सरकारले अविलम्व मूल्यवृद्धिका बारेमा हेरफेर गर्नुपर्ने बताउनुभयो । त्यस्तै प्रत्येक स्थानीय तहलाई सूचनामैत्री बनाउने अभ्यासको थालानी गर्न समाजवादी प्रेस संगठन नेपाल काठामाडौँ शाखाले जनप्रतिनिधिलाई सहयोग गर्न कार्यक्रमको आयोजना गरेको शाखा अध्यक्ष भीम लामाले बताउनुभयो । सूचनाले विकास निर्माण र सामाजिक परिर्वतनमा समेत सहयोग पु¥याउने भएकोले अनिमयितता र भ्रष्टाचार रोक्न सहयोग पुग्ने अध्यक्ष लामाले बताउनुभयो । प्रेस संगठन काठमाडौँले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीको तर्फबाट काठमाडौँभित्र निर्वाचित जनप्रधिनिधिलाई शुभकामना तथा बधाई कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा १५ बाट अध्यक्ष ईश्वरमान डंगोल, सदस्यहरुमा मैया लक्ष्मी महर्जन, अवसरा खत्री, विजु श्रेष्ठ, रिता मिजारलाई सम्मान गरेका छन् । त्यस्तै कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ बाट निर्वाचित वडा अध्यक्ष प्रकाश फुयाँल, सदस्य कपिल खनाल, शंकरापुर नगरपालिका वडा नं. १ बाट निर्वाचित सदस्यहरु भूमीप्रसाद दंगल, रामशरण ढुंगाना, सुन्तली वाईवा, सानुमाया कामी, शंकरापुरकै वडा बाट निर्वाचित सुदन केसी र मनोज लामालाई सम्मान गरिएको थियो । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव एवम् प्रमुख सचेतक जीवनराम श्रेष्ठ, पार्टी केन्द्रीय प्रचार विभागका सदस्य कृतु भण्डारी, जिल्ला समन्वय समिति काभ्रेका सभापति दीपक गौतम, प्रेस संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदी, उपाध्यक्ष एवम् उपत्यका ईन्र्चाज शन्तराम विडारी, महासचिव भूपराज खड्का, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृष्णराज गौतम लगायत अतिथिहरु रहनुभएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…