SamwadKhabar logo

               

धर्मशास्त्र

‘रामायण यात्रा’ भारत गौरव’ पर्यटकीय रेल ५ सय यात्रु लिएर जनकपुरधाम स्टेसन आईपुग्यो

संवाद खबर

संवाद खबर

‘रामायण यात्रा’ भारत गौरव’ पर्यटकीय रेल ५ सय यात्रु लिएर जनकपुरधाम स्टेसन आईपुग्यो
असार ९, जनकपुरधाम । रामायण यात्रा ‘भारत गौरव’ पर्यटकीय रेल ५ सय यात्रु लिएर विहिबार दिउँसो १ः३० बजे जनकपुरधाम स्टेसनमा आईपुगेको छ । स्टेसनमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्यटनमन्त्री शत्रुघ्न महतो, जनकपुरधामका मेयर मनोजकुमार साह, काठमाडौंस्थित भारतीय राजदूतावास प्रसन्न श्रीवास्तव, भारतीय महावाणिज्य दूतावास, वीरगन्जका वाणिज्य महादूत नितेश कुमार र जानकी मन्दिरका प्रमुख पुगेका थिए । रेलमा आएका यात्रुलाई जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णव, नेपाल रेलवेका महाप्रबन्धक निरञ्जन झा, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, विश्व हिन्दू परिषद्का कार्यकर्ता, भिक्षु तथा आम नागरिकले स्वागत गरेका थिए । होटलमा आराम गरेपछि सबै यात्रुले जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिरलगायत मठ मन्दिरको दर्शन गरी साँझ गंगा आरतीमा सहभागी हुनेछन् । भारत गौरव टुरिष्ट ट्रेन शुक्रबार सीतामढीका लागि प्रस्थान गर्ने भएको छ । रेलमन्त्रीले रेललाई हरियो झण्डा देखाएर बिदा गरेका थिए ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…