SamwadKhabar logo

               

राजनीति

पर्यटनमन्त्री प्रेम आलेले दिए राजीनामाः ५ बजे पत्रकार सम्मेलन

संवाद खबर

संवाद खबर

पर्यटनमन्त्री प्रेम आलेले दिए राजीनामाः ५ बजे पत्रकार सम्मेलन
असार १२, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिएका छन् । मन्त्री आलेले राजीनामा पत्र पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् । औपचारिक घोषणा भने साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत गर्ने बताए । मन्त्री आलेले भने– ‘अध्यक्षज्यूलाई राजीनामा बुझाइसकेको छु । यसको औपचारिक घोषणा साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत जानकारी गराउने छु ।’ मन्त्री आलेले पार्टीको बफादार सिपाही भएको नाताले पार्टीले गरेको निर्णयप्रति आफू इमान्दार रहेको समेत बताएका छन् । उनले भने– ‘म पार्टीको इमान्दार सिपाही हुँ । त्यसैले पार्टीले गरेको निर्णय मान्छु । विभिन्न कारण मन्त्री फेर्ने पार्टीको निर्णय अहिलेसम्म कार्यान्वयन नहुँदा समस्या भएको हो । म समस्यको कारण बन्न चाहन्न । त्यसैले अध्यक्षलाई राजीनामा बुझाएको हुँ ।’ नेकपा एकीकृत समाजवादीको सचिवालय समितिले जेठ २२ गते पार्टीबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने निर्णय गर्दै प्रधानमन्त्रीलाई नयाँ मन्त्रीको नाम सिफासिस गरेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आवद्ध एकीकृत समाजवादीको निर्णय तीन साता बितिसक्दा समेत कार्यान्वयन गरेका छैनन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…