SamwadKhabar logo

               

राजनीति

धर्म परिवर्तनको डढेलोले देशलाई नै संकटमा पार्छः कमल थापा

देवराज रिजाल

देवराज रिजाल

धर्म परिवर्तनको डढेलोले देशलाई नै संकटमा पार्छः कमल थापा
१७, असार काठमाडौँ । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले धर्म परिवर्तको डढेलोले सिंगो देशलाई नै ग्रस्त पारिरहेको टिप्पणी गरेका छन् । एकातिर बाह्य शक्तिको प्रभाव र अर्कोतिर धर्म परिवर्तनको डढेलोले सिंगो मुलुकनै संकटमा पर्ने उनको दाबी छ । पार्टीको अन्तक्रिया कार्यक्रममा सुर्खेत आएका उनले शुक्रवार बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै भने, ‘धर्म परिवर्तनको डढेलोले हिन्दु राष्ट्रको दियो निभ्न दिनुहुँदैन । विश्वमा सबैभन्दा धर्म परिवर्तन हुने देशमा नेपाल परेको छ । यसलाई नियन्त्रण नगर्ने हो भने केही वर्षमै नेपालको परम्परागत धार्मिक समुदायहरू अल्पमतमा पर्न सक्ने खतरा छ ।’ अध्यक्ष थापाले किरात र बुद्धिस्टहरू खतरामा रहेको बताउँदै हिन्दु धर्ममाथि पनि नकारात्मक खतरा भइरहेको बताए । म सरकारसँग माग गर्दछु, यसलाई रोकौँ,’ उनले भने, ‘अहिलेसम्म लाखौँको दरले धर्म परिवर्तन हुँदा पनि सरकारले ध्यान दिएको छैन । करोडौं लगानी गरेर धर्म परिवर्तनका कार्यहरु भइरहेका छन् । धर्म संस्कृतिको जगेर्ना गरेर, परम्पराको रक्षा गरेर देशको विकास गर्न सकिन्छ । यही नै उपयुक्त हो भन्ने राप्रपा नेपालको बाटो हो ।’ थापाले आफ्नो पार्टीले थालेको अभियान र समग्र राष्ट्रिय राजनीतिको गतिविधिका बारेमा जानकारी गराएका थिए । उनले भने,‘राप्रपा नेपाल कुनै पार्टीबाट फुटेर, विभाजन भएर जन्मिएको होइन, वैकल्पिक मार्गचित्र अंगालेर स्थापना आएको हो । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने मान्यता राप्रपा नेपालले लिएको छ ।’ उनले तत्कालीन नेकपालाई जनताले दुई दुई तिहाइ बहुमत दिए पनि सरकारले आफ्नो कार्यकाल पुरा गर्न नसकेको भन्दै अहिले परमादेशबाट सरकार चलेको भन्दै आपत्ति जनाए । महाधिवेशनमा पराजित भएपछि कमल थापाले पार्टी विभाजन ग¥यो भन्ने कुरा यथार्थमा आधारित नभएको बताए । उनले भने, ‘राजनीतिक परिवर्तन आर्थिक परिवर्तनबिना अधुरो हुन्छ । राजनीतिक परिवर्तनले जनताको अवस्थामा सुधार ल्याउन सक्दैन । त्यसको कुनै औचित्य छैन ।’ साथै अध्यक्ष थापाले वर्तमान अवस्थाको सङ्घीयताको मोडल सही नभएको तर्क गरे । उनले भने, ‘सङ्घीयताको वर्तमान स्वरूपमा परिवर्तन गरेर स्थानीय सरकारलाई बलियो बनाई दुई तहको सङ्घीयता कायम राखिनुपर्छ ।’ थापाले राजसंस्था पुनर्स्थापना हुन नसक्ने भएकाले जनभावनाको सम्मान गर्दै लोकतन्त्रको बाटोमा हिँडेको बताए । उनले प्रदेश संरचनाको कुनै औचित्य नभएको पनि दाबी गरे । थापा राप्रपा नेपाल सुरु गरेको अभियानका क्रममा सुर्खेत आएका हुन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…