SamwadKhabar logo

               

राजनीति

वामदेवलाई प्रचण्ड र माधवको सकारात्मक जवाफ, ओली मौन

संवाद खबर

संवाद खबर

वामदेवलाई प्रचण्ड र माधवको सकारात्मक जवाफ, ओली मौन
असार १७, काठमाडौँ । नवगठित नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सचिवालय बैठक बोलाएका छन् । आफ्नै निवास भैंसेपाटीमा शुक्रबार दिउँसो तीन बजे सचिवालय बैठक बोलाएको प्रवक्ता निमकान्त पाण्डेले जानकारी दिए । संयोजक गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेपछि सचिवालय बैठक बोलाएका हुन् । ओली, प्रचण्ड र नेपालकै निवास पुगेर गौतमले भेटवार्ता गरेका थिए । तीनै जना अध्यक्षलाई गौतमले वाम एकता र एकता सम्भव नभए चुनावमा तालमेलको प्रस्ताव राखेका छन् । ‘हाम्रो जोड नेकपा पुनर्स्थापना नै हो । तर त्यो सम्भव नभए चुनावमा तालमेल गर्ने हो’ पाण्डेले भने, ‘सबैसँग सम्भव नभए मन मिल्नेहरुबीच एकता वा तालमेल गर्ने हो ।’ गौतमले ओली, प्रचण्ड र नेपालसँग लिखित प्रस्ताव नै बुझाएका छन् । गौतमलाई प्रचण्ड र माधवले भने सकारात्मक जवाफ दिएका छन् । ‘सबै विकल्पमा प्रचण्ड र माधव कमरेड तयार हुनुहुन्छ । तर केपी ओलीले भने कुनै जवाफ दिनुभएन’, गौतमलाई उद्धृत गर्दै पाण्डेले भने ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…