SamwadKhabar logo

               

अर्थ व्यवसाय

चीनसंगको व्यापार सहजिकरणका लागि नवनियुक्त राजदूत श्रेष्ठलाई चेम्बरको आग्रह

संवाद खबर

संवाद खबर

चीनसंगको व्यापार सहजिकरणका लागि नवनियुक्त राजदूत श्रेष्ठलाई चेम्बरको आग्रह
असार १७, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले चीनका लागि नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठसंग आज भेटवार्ता गरेको छ । श्रेष्ठसंग भएको भेटबार्ताका क्रममा नेपाल चीन व्यापार सहजिकरण गर्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसंग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजिकरण मार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिनुभयो ।  नेपालबाट कृषि, हस्तकलाका सामान, मुर्तिजन्य बस्तुहरुको निर्यात प्रवद्र्धनका लागि भन्सारमा उच्चस्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने बताउनुभयो । ग्वाङझाउ तथा ल्हासास्थित महावाणिज्य दुतावासलाइ नेपाल चीन व्यापार सहजीकरणको लागि कृयाशील बनाउनु पर्ने अध्यक्ष मल्लले बताउनुभयो । नेपाल चीन वीच केरुङ भएर हुन व्यापारमा अनावश्यक खर्चहरु आयात कर्ताले व्यहोर्नु परेकोले व्यावसायीक लागत अत्यधिक रुपले वढन गएकोप्रति अध्यक्ष मल्लले राजदूत श्रेष्ठको ध्यानाकर्षण गराउनुभयो । सीमा नाकामा हुने अनावश्यक खर्चलाइ हटाउन र भन्सार तथा परिवहन प्रकृयालाइ सहज गर्न पनि अध्यक्ष मल्लले आग्रह गर्नुभयो । । चिनियाँ नागरिकहरुको बिश्व भ्रभण गर्ने प्रवृति वढदै गइ रहेको सन्र्दभमा त्यसको फाईदा नेपालले पनि लिन सक्नुपर्ने अध्यक्ष मल्लको भनाई छ । नेपालको पूर्वाधार बिकासमा चिनियाँ लगानी भित्राउन पहल गर्न समेत अध्यक्ष मल्लले राजदूत श्रेष्ठलाई आग्रह गर्नुभयो । नेपालको कृषि उत्पादकत्व वृद्धि गर्न प्रबिधि हस्तान्तरणको लागि पहल गर्न समेत अध्यक्ष मल्लले जोड दिनुभयो । नवनियुक्त राजदूत श्रेष्ठले आफ्नो कार्यकालमा दुई मलुकबीचको आर्थिक र कुटनीतिक सम्वन्धलाई उच्चस्तरमा पु¥याउन आफुले अधिकतम पहल गर्ने बताउनुभयो । भन्सारमा व्यापार सहजिकरण गरि नेपालमा उत्पादित बस्तुहरुको निर्यातका लागि पहल गर्ने श्रेष्ठले बताउनुभयो ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ…

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…