SamwadKhabar logo

               

धर्मशास्त्र

रोहिंगिया मुस्लिमलाई देशबाट निकाला गर्नुपर्ने माँग राख्दै हिन्दुवादी संगठनको विरोध प्रर्दशन

देवराज रिजाल

देवराज रिजाल

रोहिंगिया मुस्लिमलाई देशबाट निकाला गर्नुपर्ने माँग राख्दै हिन्दुवादी संगठनको विरोध प्रर्दशन
असार २०, काठमाडौं । रोहिंगिया मुस्लिमलाई देशबाट निकाला गर्नुपर्ने माँग राख्दै हिन्दुवादी संगठनले वीरगन्जमा विरोध प्रर्दशन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री र मुस्लिम आयोगका अध्यक्षको पुतला दहन गरेका छन । शरणार्थीको रुपमा म्यानमार, बांग्लादेश, भारत र पाकिस्तान लगायतको देशबाट आएका रोहिंगिया मुस्लिमहरुलाई मुख्यमन्त्री लालबाबु राउत गद्दी र आयोगका अध्यक्ष समिम अंसारीले संरक्षण गरेको भन्दै पुतला जलाएर विरोध गरेका हुन । स्थानिय प्रहरी प्रशासनको कडा सुरक्षाका विच विश्व हिन्दु परिषद नेपाल पर्साका कार्यकर्ताहरुले प्रहरीलाई चुनौती दिदैं मुख्यमन्त्री लालबाबु र आयोगका अध्यक्ष अंसारीको पुतला दहन गर्न सफल भएका हुन । प्रहरीले हस्तक्षेप गरी पुतला नियन्त्रणमा लिन खोज्दा प्रहरी र परिषदका कार्यकर्ता विच केहि बेर घम्साघम्सी समेत भएको थियो । रोहिंगिया मुस्लिमहरु देशको लागि घातक रहेको भन्दै देशनिकाला गर्नुपर्ने मुख्य माँग गर्दै वीरगन्जमा विरोध प्रर्दशन गरेका हुन । वीरगन्जको माईस्थानमा भेला भएको परिषदका कार्यकर्ताहरुले वीरगन्जमा विरोध जुलुस प्रर्दशन गरेका थिए । उनीहरुले रोहिंगिया मुस्लिमलाई देशनिकाला गर, रोहिंगियालाई नेपाल प्रवेश गराउँनेलाई कारवाही गर, मुस्लिम आयोग खारेज गर, ल्याउँन लागेको मदर्सा शिक्षा विद्येयक खारेज गर, समिम मियाँ अंसारी मुर्दाबाद लगायतको नारा लगाउँदै विरोध जुलुस नगर परिक्रममा गरेको थियो । माईस्थान मन्दिर प्राङ्गणबाट निकालिएको विरोध जुलुस, महाविरचौक, आर्दशनगर, अलखियामठ, विर्ता, गणेशमानचौक, माईस्थान हुदै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै परिषदका अध्यक्ष बृजेश मल्लिकले रोहिंगिया मुलुक देशको लागि खतरा रहेको भन्दै देश निकाला गर्नुपर्ने माँग गरे । रोहिंगिया कट्टर मुस्लिम भएका कारण उनीहरुलाई मुस्लिम राष्ट्रले समेत आफनो देशमा प्रवेश गर्न नदिएको अवस्थामा नेपालमा प्रवेश गराएका यिनिहरुले भोलीका दिनमा नेपालमा ठूलो दुर्घटना निम्त्याउँन सक्ने भएकोले सरकारले अविलम्ब कारवाही गरी देश निकाला गर्नुपर्ने उनले माँग गरे । आफूहरुको माँगलाई राज्यले वेवास्था गरे देशभरी नै कडा आन्दोलन गर्ने चेतावनी समेत उनले दिए । साथै उनले न्यून संख्यामा आएका रोहिंग्या शरणार्थीहरू अहिले केहि संख्या बढेकोमा शरणार्थी परिचयपत्र, भत्ता र रोजगारीको माँग गर्दै आन्दोलन गरी रहेका छन, हरेक नेपालीको अधिकारमाथि कब्जा जमाउँन खोजेका छन , जुन राष्ट्रको लागि घातक छ, यिनलाई संरक्षण दिने मुस्लिम आयोगका अध्यक्ष अंसारीलाई समेत कारवाही गर्न माँग गरेका हुन । हालै जसपाका अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री गद्दी, आयोगका अध्यक्ष अंसारी लगायतको सहभागितामा इस्लामिक संगठन जमियत उलेमा ए—नेपाल नामक संगठनले साँत बुन्दे प्रस्ताव ल्याएपछि नेपाली जनता आन्दोलित बनेका हुन । ईस्लामिक संगठनले ल्याँएको प्रस्तावहरु समाजिक सदभावलाई खलल पार्ने एवं बहुसंख्यक नेपाली जनताको भावना विपरित रहेको भन्दै प्रस्ताव खारेजीको माँग गर्दै देशभरी नै आन्दोलन शुरु भएको छ । ईस्लामिक संगठनले बक्फ बोर्ड गठन, मदरसा विधेयक, नेपाल पसेका राहिंगिया, बंगलादेशी, भारतीय र पाकिस्तानी मुस्लिमलाई आधिकारीकता दिन र मुस्लिम परिवार कानून लगायत साँत बुन्दे माँग प्रस्ताव पारित गरेका थिए । मुस्लिम संगठनले ल्याएको प्रस्तावहरु देशको समाजिक सदभावलाई खलल पार्ने एवं बुहसंख्यक नेपाली जनताको भावना विपरित रहेको भन्दै खारेजीको माँग राख्दै उनीहरु आन्दोलनमा उत्रेका हुन ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…