SamwadKhabar logo

               

कोशी प्रदेश

समयमै काम पूरा नगरे भुक्तानी रोक्ने विराटनगर महानगरको तयारी

संवाद खबर

संवाद खबर

समयमै काम पूरा नगरे भुक्तानी रोक्ने विराटनगर महानगरको तयारी
असार २१, विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेका दीर्घकालीन महत्त्वका विकास निर्माणका कार्य समयमै नसके ठेकदारको भुक्तानी रोक्ने भएको छ । महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सञ्चालित योजनाहरूमा ढिलासुस्ती गर्ने क्रम बढेपछि निर्माण कम्पनीलाई सचेत गराएका हुन् । पटक–पटक म्याद थप्दासमेत निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै तोकिएको मितिमा निर्माण कार्य सम्पन्न नगरेकोप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको कोइरालाले बताएका छन् । उनले भने, “निर्माणका काममा बहानाबाजी गर्ने प्रवृत्ति बढेकोले सचेत गराउँदै तोकिएकै समयमा काम पूरा गर्न निर्देशन दिएका हौँ ।” कोइरालाले निर्माणको अनुगमनलाई तीव्रता दिइएको जनाएका छन् । कोइरालाको नेतृत्वमा महानगरभित्र सञ्चालित निर्माणाधीन विभिन्न विकास निर्माणका योजनाको अनुगमनसमेत गरिएको छ । महानगर कार्यालय परिसरभित्र निर्माणाधीन भवन, वीरेन्द्र सभागृह र हिमालय रोडमा निर्माण भइरहेको ब्युटिफिकेसनअन्तर्गतको कामको अनुमगन गरिएको छ । उपमेयर शिल्पा निराला कार्कीले वीरेन्द्र सभागृह ६ महिनाभित्र निर्माण सम्पन्न हुने गरी काम अघि बढाउन निर्देशन दिइएको बताउँदै भनिन्, “८० प्रतिशत काम पूरा भएको भन्ने जानकारी गराइएको छ । निर्माणलाई तीव्रता नदिए कानुनअनुसार अघि बढ्ने भनेका छौँ ।” सभागृह २१ करोड लागतमा पुनर्निर्माण भइरहेको छ । त्यहाँ अपांगमैत्री हुने भनिएको भवनमा भीआईपी कक्ष, आराम कक्ष, मञ्च, पोसाक परिवर्तन गर्ने कोठा, सुविधा सम्पन्न शौचालय र पार्किङको सुविधा हुनेछ । यसको काम ढेड वर्षमा सक्ने भनिएकोमा एक वर्ष पूरा भइसकेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

विराटनगरका अधिकांश स्थान जलमग्न, विधालय बन्द

विराटनगरका अधिकांश स्थान जलमग्न, विधालय बन्द

१२ असार, काठमाडौं । ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा रातभर वर्षाका कारण विर…

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

१२ असार, काठमाडौं । ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । चिसङ्खुगढी …

पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण हुँदै

पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण हुँदै

जेठ २५, काठमाडौं । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमा…

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

जेठ ४, काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका …