SamwadKhabar logo

               

विद्यार्थी विचार

हजारौँ विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित

देवराज रिजाल

देवराज रिजाल

हजारौँ  विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित
असार २१, काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित ७८ वटा कलेज नर्सिङका विद्यार्थी पढाउनबाट वञ्चित भएका छन् । चिकित्सा शिक्षा ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न १०० शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्थाअनुसार ती कलेज बन्द भएका हुन् । छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएका ती कलेजहरु बन्द हुँदा तीन हजारभन्दा बढी विद्यार्थीहरु नर्सिङ पढ्नबाट वञ्चित भएका छन् । सीटीईभीटीको मापदण्ड अनुसार ५० र १०० शय्याको अस्पतालसँग सम्बन्धन प्राप्त गरी सञ्चालनमा रहेका ती शैक्षिक संस्थाले ऐनमा भएको १०० शय्याको आफ्नै अस्पताल हुनुपर्ने व्यवस्थाले भर्ना लिन नपाएको स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका अध्यक्ष डा.नेत्रराज चटौतले बताए । गत वर्षको भर्ना रोकिएको र यो वर्षमा पनि रोकिने निश्चित रहेको उनको भनाइ छ । ऐनले नै दुई वर्षभित्र १०० शय्याको अस्पताल बनाउन भनेको थियो । तर, उनीहरू त्यो बीचमा मौन बसे । जसले गर्दा अन्तिममा आएर सरकारले मापदण्ड पूरा नगरेका कलेजलाई भर्ना लिन रोक लगाएको हो । एक कलेजले ४० जना विद्यार्थी पढाउँछ । जसमा ४ जना पूर्ण छात्रवृत्ति र ३६ जना शुल्क तिरेर पढ्दै आएका थिए । यसरी निजी शिक्षण संस्थाहरूले हरेक वर्ष ३१२ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएका थिए । ती विद्यार्थीलाई सरकारले पढाउनुपर्ने भएमा ८ वटा कलेज खोल्नुपर्ने हुन्छ । पहिलो वर्षको भर्ना रोकिए पनि दोस्रो र तेस्रो वर्षको भने पढाई भइरहेको अध्यक्ष डा.चटौतले बताए । यसरी कलेज बन्द हुँदा हरेक वर्ष ३ हजार १२० जना विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित भएका छन् । सबैभन्दा बढी घाटा विद्यार्थीलाई भयो । ४० जना विद्यार्थी कमसेकम घर पायकको कलेजमा पढ्न पाइरहेका थिए । अहिले त्यो बन्द भएपछि काठमाडौँ आउनुपर्‍यो,’ उनले भने, ‘त्यसमा उनीहरूको खर्च बढ्ने भयो । त्यसमा सीमित सीटका कारण पनि पढ्नबाट वञ्चित हुने भए ।’ भर्ना रोकिएपछि चार हजार ६९३ जनाको रोजगारी गुमेको छ । जसमा मास्टर डिग्री गरेका ७८ जना नर्स, ब्याचलर डिग्री गरेका ८८० नर्स, पीसीएल नर्सिङ तथा पारामेडिकल एक हजार ३७० जना, प्रशासनिक कर्मचारी एक हजार ७५ जना र सपोर्ट स्टाफ एक हजार २९० जनाको रोजगारी गुमेको हो । अबको दुई वर्षभित्रमा ती नर्सिङ शिक्षण संस्थामा कार्यरत सबैको रोजगारी गुम्ने अध्यक्ष चटौतले बताए । ‘अहिले पहिलो वर्षमा पढाउने शिक्षक हटाइसक्यौँ । त्यस्तै प्रशासनिक कर्मचारी, ड्राइभर, कार्यालय सहयोगी, सुरक्षा गार्ड लगायतका कर्मचारी कटौती गर्दै आएका छौँ,’ अध्यक्ष चटौतले भने । अब दोस्रो र तेस्रो वर्षमा पढाइरहेका शिक्षक, कर्मचारीलाई पनि पढाई सकिने बित्तिकै जागिर छोड्न भनिसकेको उनको भनाइ छ । यो विषयमा राज्यले आफूहरूको गुनासो नसुनेको उनको आरोप छ । राज्यसँग कुरा गर्दा राज्यलाई डा. गोविन्द केसीसँग डर रहेको उनको भनाइ छ । ‘राज्यसँग कुरा गर्दा राज्यलाई पनि ड. गोविन्द केसीको डर छ । यदि उनीहरूलाई बन्द नगराएर भर्ना लिन खोज्यो भने गोविन्द केसी फेरि आमरण अनसनमा बस्छन् भन्ने डर सरकारमा छ । जसले गर्दा यो विषयमा सरकार सकारात्मक भए पनि भर्ना गर्न दिने अवस्थामा छैन,’ उनले भने । आफ्नै अस्पताल नभएका नर्सिङ कलेजले १०० शय्याका अन्य अस्पतालमा प्रयोगात्मक अभ्यास गर्न पाउनुपर्ने व्यवसायीहरूको माग छ । तर, शिक्षा मन्त्रालयका सरोकारवाला निकाय भने ऐनलाई देखाउँदै पन्छिन खोजिरहेको अध्यक्ष डा. चटौतले बताए । सीटीईभीटीले अन्य अस्पतालसँग सम्झौता गरेका कलेजलाई पनि नर्सिङ पढाउनु अनुमति दिन्थ्यो । तर, चिकित्सा शिक्षा ऐन आएपछि आफ्नै १०० बेडको अस्पताल बनाउने शिक्षण संस्थालाई मात्र अनुमति दिने प्रावधानले निजी क्षेत्र मारमा परेको हो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

१० साउन, काठमाडौं ।गोकर्णेश्वर नगरपमलिका-४ मा रहेको सहयोगी माध्यमिक विद्यालयमा स्मार्…

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

जेठ २७, काठमाडौं । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगे…

बुद्धजयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

बुद्धजयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

जेठ ७, काठमाडौं । बुद्धजयन्तीको अवसरमा बौद्ध काठमाडौंमा विद्यालयस्तरीय चित्रकला प्रतिय…

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

चैत्र २, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वागमती प्रदेश अधिवेशन उद्घाटन भ…