SamwadKhabar logo

               

अर्थ व्यवसाय

साना किसान सवल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ

संवाद खबर

संवाद खबर

साना किसान सवल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ
असार २३, काठमाण्डौ । कृषिमा आधारीत नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानहरुलाई सवल बनाउनुपर्ने काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि साना किसानहरुलाई सवल बनाउनुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले गरिवी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दिगो विकास लक्ष्य पुरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले किसानहरुलाई उत्पादनसंगै उत्पादित वस्तुहरुको संकलन, भण्डारण, प्रशोधन र बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । किसानको उत्पादनलाई सिधै वा प्रशोधन गरेर किसान आफैले बजारसम्म लैजानसक्ने वातावरणको विकास गर्न आवश्यक रहेको उहाँको भनाई थियो । ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि साना किसानहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले सरकारले साना किसान, कृषि सहकारी र पशुपालनमा लागेका किसानहरुलाई संगसंगै अगाडि बढाएमात्र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले साना किसानहरुलाई उद्यमसंग जोड्नुपर्ने आवश्यकता औल्याउनुभयो । नेपाल सरकारले लघु तथा घरेलु उद्यममा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भन्दै उहाँले यसका लाभग्राही साना किसानहरुनै रहेको बताउनुभयो । सचिव पोखरेलले उत्पादित कच्चा पदार्थलाई साना तथा मझौला उद्योगबाट प्रशोधन गरेर बजारमा पठाउन सके त्यसको मूल्य बढ्ने र किसानको आर्थिक अवस्था सुधार हुने बताउनुभयो । कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले नेपालका दुरदराजका गरिब किसानहरुको जीवन रुपान्तरणमा विगत २१ वर्षदेखी निरन्तर काम गर्दै आएको बताउनुभयो । ग्रामिण क्षेत्रमा साना किसानहरुले भोगिरहेको आर्थिक समस्यालाई निधान गर्ने एक मात्र संस्था साना किसान विकास लघुवित्त वित्तीय संस्था भएको दावी गर्नुभयो । उहाँले पूर्वमेची देखी पश्चिम महाकालीसम्मका साना किसानहरुलाई गोलवद्ध गर्दै पूँजीको पहुँच वृद्धि गर्न सफल भएको बताउनुभयो । पूँजीको पहुँच वृद्धिसंगै उत्पादनमा पनि सन्तोषजनक प्रगति भएको भन्दै अध्यक्ष पाठकले राउटे, वनकरिया, मुसहर, चेपाङ, दलित, जनजाती, महिला लगाएतलाई सूसुचित गरी उत्पादनमा संलग्न गराउँदै राज्यको मुलधारमा ल्याउन सफल भएको दावी गर्नुभयो । पछाडी परेको समुदायलाई आवश्यक पर्ने वित्तीय पहुँचमा जोड्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाले पूँजी, प्रविधि, तालिम, चेतना, नेतृत्व विकास लगाएतका क्षेत्रमा काम गर्दै आएको अध्यक्ष पाठकले बताउनुभयो । यसैगरी कार्यक्रममा लघुवित्तका सञ्चालक प्रताव सुवेदीले नेपालको गरिवी निवारणमा साना किसान लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । अरु बैंक तथा वित्तीय संस्थाहरु गाउँतहमा पुगेर सेवा दिन नसकिरहेको अवस्थामा विशिष्टकृत विशेषता सहित किसानहरुलाई लक्षित गरि स्थापना भएको तत्कालिन साना किसान विकास बैंक र हालको साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. लाई अब उत्पादनसंग जोड्दै जानुपर्ने आवश्यकता रहेको उहाँको धारणा थियो । यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईरालाले नेपालको गरिवी निवारणमा यस लघुवित्तले अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले आर्थिक क्षेत्रमा किसानको पहुँच बढाउँदै आम्दानीको स्रोत बढाउन किसानहरुलाई सहयोग गर्ने एक मात्र संस्था साना किसान लघुवित्त वित्तीय संस्था रहेको बताउनुभयो । नेपालका ५ सय ४० वटा स्थानीयतहमा पहुँच विस्तार गरेको यस लघु वित्तमा ७९ प्रतिशत महिला सहभागिता रहेको भन्दै प्रमुख कार्यकारी अधिकृत डा. कोइरालले आर्थिक सामाजिक रुपान्तरणसंगै नेतृत्व विकासमा समेत योगदान गरिरहेको बताउनुभयो । उहाँले सरकार र साझेदारसंस्थाहरुसंगको सहकार्यले यस संस्थाले सञ्चालन गरेका कार्यक्रमलाई प्रभावकारी रपमा अगाडि बढाउन समेत सहयोग पुगेको बताउनुभयो । लघुवित्तको २१ औँ स्थापना दिवसका अवसरमा साना किसान विकास अभियानमा सहयोग पु¥याउनुहुने बाराकी सुगन्धी पासवान र सर्लाहीको लालबन्दिका मानबहादुर खड्का लाई सम्मान गरेको थियो । यसैगरी वित्तीय संस्थाले राष्ट्रियस्तरमा सर्वोत्कृष्ठ संस्थाका रुपमा साना किसान कृषि सहकारी संस्था लि. रघुनाथपुर धनुषालाई पुरस्कृत गरेको छ । यसैगरी इलाका कार्यालय बनेपा अन्र्तगत उत्कृष्ठ संस्थाका रुपमा सिन्धुपाल्चोकको जरायटार साना किसान कृषि सहकारी संस्था पुस्कृत भएको छ । सर्वोत्कृष्ठ इलाका कार्यालयका रुपमा नेपालगञ्ज कार्यालयलाई पुरस्कृत गरिएको छ । साना किसान विकास आयोजनाका रुपमा वि.स. २०३२ सालदेखी कृषि विकास बैंक मार्फत सुरु भएको साना किसान विकास कार्यक्रम विक्रम संवत २०५८ सालमा साना किसान विकास बैंकका रुपमा स्थापना भएको थियो । अहिले लघुवित्त वित्तीय संस्थाका रुपमा साना किसान सहकारीहरुलाई सेवा प्रवाह गर्दै आएको यस संस्थामा १ हजार २ सय ९१ वटा सहकारी संस्थाको संस्थागत सहभागिता रहेको छ । यस वित्तीय संस्थाको सेवा ७६ जिल्लाका ५ सय ४० स्थानीयतहसम्म पुगेको छ । १० लाख भन्दा बढि घरपरिवारमा ८१ अरबको कारोवार रहेको अहिलेको अवस्थामा सहकारीहरुमा ७९ प्रतिशत महिला सहभागिता रहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …