SamwadKhabar logo

               

विज्ञान प्रविधि

गुणस्तरहिन बन्यो अक्सिजन प्लान्टको ट्रस

देवराज रिजाल

देवराज रिजाल

गुणस्तरहिन बन्यो अक्सिजन प्लान्टको ट्रस
२६ असार, काठमाडौँ । स्थानीयले जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल तरिकाले बनाएको गुनासो गरेका छन् । प्रदेश सरकारको १ करोड ५० लाखमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको ट्रस भवन कच्चा तरिकाले बनेको गुनासो गरेका हुन् । जिल्लामै अक्सिजन उत्पादनका लागि जडान गरिएका उपकरण सही देखिए पनि ट्रस भने कमसल बनेको भन्दै सर्वत्र विरोध सुरु भएको छ । अक्सिजन प्लान्टको ट्रस जिल्ला अस्पतालकै एउटा भवनसँग अडेसा लगाएर (टाँसेर) बनाइएको छ । तर टाँसिएको भागमा पर्खाल लगाइएको छैन । सिंगल इँटाको पर्खाल धकेल्दा ढल्ने खालको बनाइएको छ । ट्रसमाथि कागजजस्तो पातलो जस्ताको छाना हालिएको छ । पर्खालभन्दामाथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको देखिएको छ । ‘क्वालिटी’को ट्रस भवन नबनेकाले भवनको भुक्तानी रोक्न भनिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए । कागजजस्तो छाना नहाल । कुखुरा खोर बार्नेजस्तो तार जाली नहाल भनेको, टेरेन, जिसस प्रमुख राईले भने, क्वालिटीको भवन नबनेकाले भुक्तानी रोक्न कुरा गरिरहेकाछौँ । भुक्तानी गर्नुपर्ने भए भवनको बाँकी राखेर भुक्तानी गर्न सकिन्छ । अक्सिजन प्लान्टको ट्रस निर्माणका क्रममा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले आवाज नउठाएका होइनन् तर निर्माण कम्पनीका प्रतिनिधिले बेवास्ता गरेको बताइन्छ । जिल्ला अस्पतालको निर्माणाधीन भवनको निर्माण सामग्री ओसार पसारका क्रममा ओहोर दोहोर गर्ने हेभीवेट गाडीको थर्कनले अक्सिजन प्लान्टको ट्रस चर्किएर भत्किने खतरा पनि उत्तिकै रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए । कमजोर संरचना बनेको छ । धकेल्दा ढल्ने पर्खाल छ । मान्छे छिर्न सक्ने ठाउँ छ । कागजजस्तो जस्ता हालिएको छ । जाली पातलो छ । पर्खाललाई अडेसा लगाएर बनाइएको छ, मेयर भट्टराईले भने, यस बारेमा छानबिन हुनुपर्छ, बदमासी गरेको रहेछ भने निर्माण व्यवसायीलाई कारबाही हुनुपर्छ । अक्सिजन प्लान्ट जडानका लागि नौ फर्मको आवेदन परेकामा मुन रक्स इन्टरनेशनलले ठेक्का पारेको हो । ट्रस भवन निर्माणका क्रममा पटक–पटक गुणस्तर कायम गर्न सुझाव दिइए पनि ‘हुन्छ–हुन्छ’ भन्दै टारेको जिल्ला अस्पतालका प्रमुख डा। नितु लामाले बताइन् । अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि शुक्रबार मेयर भट्टराई, जिसस सदस्य दुर्गाप्रसाद घिमिरे, कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, राप्रपाका अध्यक्ष ललितकुमार राई लगायतको टोलीले निरीक्षण गरेको छ । मुन रक्स इन्टरनेशनल प्रालिका सञ्चालक अशोक धमलाले भने ट्रस बनाउने डिजाइन नभएको दाबी गरे । अक्सिजन प्लान्टको उपकरण ल्याउने र इन्स्टलेसन मात्र आफ्नो दायित्व भएको धमलाले बताए । हाम्रो काम उपकरण सप्लाइ गर्ने र इन्स्टलेसन मात्र हो काम बाँकी अस्पतालको हो, धमलाले भने, ुउपकरण प्रोटेक्टका लागि ट्रस बनाइदिएका हौं । अक्सिजन प्लान्टको अनुगनकाक्रममा ट्रस ‘कम्प्लेट’ गर्न बाँकी देखिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर कुशल दाहालले बताए । ट्रस बनाउने दायित्व कम्पनीकै हो, दाहालले भने, कम्प्लेट गर्न बाँकी देखिन्छ । पुरा गर्नुपर्छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

२५ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्य…

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

५ भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य …

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

१९ असार, काठमाडौं । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा अ…