SamwadKhabar logo

               

अर्थ व्यवसाय

पर्यटक तान्दै भूत झरना

देवराज रिजाल

देवराज रिजाल

पर्यटक तान्दै भूत झरना
२६ असार, काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारासागाँचोकगढी नगरपालिका वडा नम्बर ७ मगुवामा अवस्थित छ भूत छाँगा । ओझेलमा पर्दै गएको भूत छाँगाले पछिल्लो समय ह्वात्तै पर्यटक तान्न थालेको छ । सदरमुकाम चौताराबाट करिब सात किलोमिटरको दूरीमा रहेको यो छाँगामा जानेहरूको अहिले लर्को लाग्ने गरेको छ । वरिपरि हरिया पहाडी जंगलले घेरिएको कोप्चो गहिरो ठाउँ, झण्डै ८० फिटमाथिबाट खसेको पानीको फोहोरा, सानो बगरले जो कसैलाई पनि आनन्दित तुल्याउँछ । गर्मी समय भएकाले छाँगामा रमाउन टाढाटाढाबाट मानिस पुग्न थालेका छन् र उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट छाँगाको प्रचार गर्न थालेसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । अधिकांशले टिकटक र फेसबुकको माध्यमबाट थाहा पाएपछि रमाइलो गर्न यस छाँगामा पुग्छन् । अहिले यो झरना बालकदेखि युवायुवतीको प्रमुख रोजाइ नै बनेको छ । एकाएक आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भएपछि चौतारा सागाँचोकगढी नगरपालिकाले छाँगालाई व्यवस्थित बनाउन थालेको भूत छाँगा व्यवस्थापन समिति अध्यक्ष नीराजन थापा मगरले बताए । सुकुटे आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई एक दिन एक रात राख्ने योजना नगरपालिकाको छ । साँगाचोकको गढी, इर्खुको रानीपोखरी, भूत छाँगा, कदमबासको प्याराग्लाइडिङ गराई बुद्ध पार्क, गौराती मन्दिर हुँदै हर्लङबर्लङ मन्दिर दर्शन गराई त्यहाँको चमेरो गुफा देखाउने र ओख्रेनिको चिया बगान हुँदै होम स्टेको आनन्द दिने नीति नगरपालिकाले ल्याएको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बताए ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ…

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…