SamwadKhabar logo

               

धर्मशास्त्र

तुलसी रोपण गरिदै हर्षोल्लासका साथ हरिशयणी एकादशी मनाईयो

संवाद खबर

संवाद खबर

तुलसी रोपण गरिदै हर्षोल्लासका साथ हरिशयणी एकादशी मनाईयो
असार २७, काठमाण्डौ । असार शुक्ल एकादशीको अवसरपारी हिन्दु धर्मावलम्बीहरुले घर घरमा तुलसीको विरूवा रोपी हरिशयणी एकादशी मनाएका छन । विश्व हिन्दु परिषद नेपाल र जनकल्याण प्रतिष्ठानद्वारा सञ्चालित एकल विद्यालय अभियानले देशव्यापी रूपमा तुलसी रोपण कार्यक्रम मनाएको छ । हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । सृष्टिकर्ता भगवान् हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन (सुत्न) अवस्थामा जानुभई एकै चोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास रहेको छ । त्यही कारण यस एकादशीलाई हरिशयनी एकादशी भनिन्छ साथै हरिशयनी एकादशीलाई तुलसी रोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोप्दै पूजा गरिन्छ । भगवान् विष्णुको स्वरुप मानिने तुलसीको बिरुवा घर आँगनमा रोपिन्छ जसलाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गे गर्ने शास्त्रीय परम्परा छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन प्राप्त हुने औषधीय गुण प्रमाणित भएको तुलसीलाई विभिन्न रोगका लागि समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । यसैगरि वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत रहिआएको छ । यो ४ महिनाको समयमा व्रतबन्ध, विवाह, मन्त्र लिने कार्य, गृहप्रवेश, मन्दिरको प्राण प्रतिष्ठा लगायतका कार्यहरूलाई निषेध गरिएको छ । भविष्य पुराण, पद्म पुराण तथा श्रीमद्भागवत महापुराण लगायतका ग्रन्थहरुमा हरिशयन गर्नुलाई योगनिद्राको रुपमा व्याख्या गरिएको छ । संस्कृतमा हरि शब्दलाई सूर्य, चन्द्रमा, वायु, विष्णु आदि अनेक अर्थमा प्रयुक्त हुन्छ। हरिशयनको अर्को व्याख्या अनुसार यो ४ महिनासम्म आकाशमा बादल ढाक्ने तथा वर्षा का कारण सूर्य र चन्द्रमाको तेज क्षीण हुने भएको अवधिलाई प्रतीकात्मक वर्णन पनि मानिन्छ । यस अतिरिक्त निरन्तर वर्षा र पानीको कारण पित्तरुपी अग्नि कमजोर रहेको हुनाले शारीरिक शक्ति क्षीण हुनुका साथै शरीर बल कमजोर हुनेगर्दछ । आजका दिन नेवाः समुदायमा ग्वार्चा बनाएर खाने प्रचलन रहिआएको छ । ग्वार्चा भनेको नेवाः समुदायमा खाइने एक पौष्टिक परिकार हो जुन आटा वा मैदालाई मुछेर त्यसलाई लाम्चो आकारमा पातलो गरि काटेर अन्य गेडागुडी, चना र आलुसँग मिलाइ सुप जस्तै पकाएर खाने गरिन्छ । वैज्ञानिक खोज तथा अनुसन्धानका अनुसार पनि यो ४ महिनासम्म विशेष गरेर वर्षा ऋतुमा पानी बढी पर्ने र सूर्यको तेज पृथ्वीमा थोरै माात्र आउने भएकाले यस समयमा नकारात्मक प्रभाव वृद्धि भई बिभिन्न प्रकारका किटाणु र सूक्ष्म रोगका जन्तुहरु उत्पन्न हुन्छन्। त्यसकारण यस समयमा खानपान तथा स्वास्थ्यमा विशेष ध्यान पुर्याउनु पर्ने भएकोले यस चतुर्मासलाई ब्रत र फलाहार गरेर सम्पन्न गर्नुपर्दछ । हाम्रा चाडपर्वहरुको वैज्ञानिक महत्व बारे चेतना हेतु विश्व हिन्दू परिषद् नेपाल तथा जनकल्याण प्रतिष्ठान लगायतका संस्थाहरुले आफ्ना हरेक इकाईहरुमा प्रत्येक वर्ष तुलसी रोपण, तुलसी पूजन, गंगा पूजन, गौपूजन आदि कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…