SamwadKhabar logo

               

राजनीति

गर्भनर महाप्रसाद अधिकारीको विषय संसद प्रवेश– नबोल्न रुलिङ गर्न माग

संवाद खबर

संवाद खबर

गर्भनर महाप्रसाद अधिकारीको विषय संसद प्रवेश– नबोल्न रुलिङ गर्न माग
असार २९, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको विषय संसद्मा प्रवेश गरेको छ । प्रतिनिधि सभाको बैठकमा कांग्रेस र माओवादी केन्द्रले यो विषय उठाएका हुन् । कांग्रेसले गभर्नरले दिएका अभिव्यक्ति घातक भएको भन्दै बन्द गरिएन भने उनलाई कारबाही गर्नुपर्ने अवस्था आउन सक्ने बताएको छ । कांग्रेसका सांसद मीन विश्वकर्माले संसद्मा गभर्नरले देश श्रीलंकाको बाटोमा छ भनेर आतंकित बनाएको बताए । “गभर्नरले यो देश श्रीलंका हुन्छ भनेर हतोत्साही गराउने काम गर्नुभएको छ,” उनले भने, “सरकारलाई सहयोग पनि भएन । यो बन्द गरिएन भने सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने हुन्छ । गभर्नरलाई यस्तो नबोल्न रुलिङ गर्नुपर्छ । भूकम्प गएको बेला भूकम्प आयो भन्ने सर्वसाधारणलाई थुनिन्थ्यो । आज जिम्मेवार निकायमा बस्नेले आतंकित बनाइरहेका छन् । किन कारबाही नगर्ने ?” त्यस्तै माओवादीकी नेतृ रेखा शर्माले एम अधिकारीको नाममा एमालेको अर्थ विभागमा बसेको भन्दै कारबाहीको माग गरिन । उनकै कारणले अर्थतन्त्र बिग्रिएको उल्लेख गर्दै गम्भीर छानबिनको माग उनको थियो । “राष्ट्र बैंकको प्रमुख एमालेको अर्थ विभागमा बस्न मिल्छ कि मिल्दैन ?,” उनको प्रश्न थियो, “यो विषयमा गम्भीर छानबिन जरुरी छ ।”

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…