SamwadKhabar logo

               

धर्मशास्त्र

साउने सक्रान्तिको धार्मिक एवं सामाजिक महत्व

देवराज रिजाल

देवराज रिजाल

साउने सक्रान्तिको धार्मिक एवं सामाजिक महत्व
१ साउन, काठमाडौँ । साउन महिना धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । पौराणिक मान्यताअनुसार साउन महिनालाई देवोका देव महादेवको प्रिय महिनाको रुपमा पनि लिइन्छ । त्यसैले पनि हिन्दू धर्मालम्बी महिलाहरुले यस महिनालाई विशेष महत्वका साथ सांस्कृति विधिवत शिवजीको पूजाआर्चना गर्ने गरिन्छ । परापुर्वकालदेखि नै साउनको पहिलो दिन साउने सक्रान्ति अर्थात लुतो फाल्ने परम्परा विद्यमान छ । साउने सक्रान्तिलाई कर्कट सक्रान्ति पनि भनिन्छ । किनभने ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो । वर्षभरीका दिनहरु मध्ये साउने संक्रान्ति १ गते सबै भन्दा लामो दिनको हुन्छ । यो दिन देखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणि गोलार्थ तर्फ प्रवेश गर्छ । त्यसैले नेपालभर दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरूवात यहि दिन देखि गर्ने गरिन्छ । हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दूधर्मालम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ यो एकातिर सांस्कृतिक महत्वको पर्व हो भने अर्कोतिर मानव स्वास्थ्यको लागि महत्वपूर्ण रक्षा गर्ने एउटा माध्यम पनि हो । वर्षातको समयमा हिलाको कारणले हुने विभिन्न घाउ खटिरा लुतो तथा छालाजन्य विभिन्न रोगबाट बच्नका लागि सांस्कृति विधिअनुसार लुतो फाल्ने परम्परा मनाउने चलन छ । साथै यस दिन चेलीबेटीहरु, दाजुभाई र परिवारका सदस्यहरु भेटघाट तथा भेला हुने गर्छन् । लुतो फाल्दा साँझमा कुरिलो र तितेपाती आगोमा सल्काई अगुल्टो लुतो लैजा भनी चारै दिशा फाल्ने र नाङ्लो ठटाई घरको मुलढोका बन्द गर्ने चलन छ । लुतो फाल्ने कर्म श्रावण १ गते साँझ गरिन्छ । यस दिन लुते झार, भलायोको पात, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनुको लहरो, धसिङ्गरेका बोट, उन्यू जातको नागबेली, कुरिलो, सिउँडी, सिस्नु, जरै सहितको पानी अमला लगायतका विविध वनस्पति जम्मा गर्ने गरिन्छ । सूर्यास्तपछि दिनभर जम्मा पारेको वनस्पतिको साथमा कन्दारकको पूजा गर्ने चलन छ । जसलाई लुते देउताको रुपमा पनि चिन्ने गरिन्छ । संस्कृतमा यो पर्वलाई ‘लुत निक्षेपण’ पर्वको नामले चिनाउने गरिएको छ । जसको अर्थ लुतो फाल्ने नै हो । यो असार महिनामा हिलोमा खेतीपाती काम गर्दा हुन सक्ने हिले खटिरा हटाउने उपाय हो भन्छन् बुढापाकाहरु । पूजा सकेपछि सल्लाको दियालो बालिन्छ । कुरिलो डाँठमा राखेर आगो बालिसकेपछि त्यो दाउरा आफैँ पड्किन सुरु हुन्छ । कुरिलोको डाँठलाई पाँचदेखि सातवटा मुठा बनाइएको हुन्छ । ती सबैलाई अगुल्टोको रुपमा प्रयोग गरिन्छ । दाउरालाई सबै दिशातिर फालिन्छ ।कन्दारकको पूजाको समयमा घरमा कसैले ढिकी कुट्ने, कसैले नांग्लो ठटाउने वा शंख फुक्ने जस्ता काम गर्ने चलन पनि छ । यसरी बाजा वा शंख फुक्दै पहिले मुठा बनाइएको अगुल्टोलाई अर्को गाउँलेको नाम लिएर लुतो फाल्ने गरिन्छ । अर्को गाउँलेले पनि यही विधिबाट नै आफ्नो सम्मुख गाउँलेको नाम लिएर लुतो फाल्ने परम्परा छ । वर्तमान समयमा सहरबाजरमा भने यो परम्परा लोप हुँदै गइरहेको जस्तो भान हुन्छ । किनभने पहिलाको जसरी लुतो परम्परा विधिअनुसार गरिएको देखिदैन । बस परिवार आफन्तजनको भेटघाट र रमाइलो मज्जाले देख्नचाहिं सकिन्छ । यसको मुख्य कारण विधिवत् यो परम्परालाई निरन्तरता दिन नसकेर हो । यसको कारण लुतो फाल्दा आवश्यक पर्ने वनस्पतिको लोप भएर हो । शहरीयका मानिसहरु कृषि क्षेत्रमाभन्दा बढी अन्य व्यवसायमा व्यस्त भएर पनि होला । जसको परिणाम नयाँ पुस्ताहरुले आज लुतो फाल्ने परम्पराको महत्व बुझेका छैनन् । साथै लोप हुँदै पनि गइरहेको हो । हामीले हाम्रो परापुर्वकालदेखि नै चलिआइरहेको संस्कृति परम्पराको जर्गेना गर्नु हाम्रो कर्तव्य हो । हाम्रो राम्रो संस्कृति हाम्रो पहिचान हो । जसले विश्वभर छुट्टै गौरवको पहिचान राख्नमा सफल भएको छ । त्यसैले हाम्रो राम्रो संस्कृतिलाई निरन्तरता दिन आवश्यक छ । जुन परम्परा हाम्रा पछिल्ला पुस्ताले पनि निरन्तरता दिइयोस् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…