SamwadKhabar logo

               

धर्मशास्त्र

“पर्यटन प्रर्वद्धनका लागि ओढार र गुफाहरुको प्रचारप्रसार आवश्यक”

संवाद खबर

संवाद खबर

“पर्यटन प्रर्वद्धनका लागि ओढार र गुफाहरुको प्रचारप्रसार आवश्यक”
साउन ५, काठमाडौँ । मानव जातिको उत्पति, जाति, भाषा, लिपि, संस्कार र संस्कृतिलाई विश्वसामु चिनाउन तथा पर्यटन प्रर्वद्धनका लागि ओढार र गुफाहरुको प्रचार÷प्रसार गर्न आवश्यक रहेको बताएको छ । बागमति प्रदेश सांसद एवम् पूर्व मन्त्री रामेश्वर फुयाँलले संसारकै ईतिहास खोतल्न गुफाको अध्ययन आवश्यक रहेको बताउँदै नेपालमा पनि त्यस्ता गुफा तथा ओढारहरुको अध्ययन तथा संरक्षणको अभियान थाल्नुपर्ने बताएका छन् । सांसद फुयाँलका अनुसार देशको जाति, भाषा, लिपि तथा विकासको अध्ययन गर्न गुफा र ओढारहरुको अध्ययन, अनुसन्धान एवम् संरक्षण र प्रर्वद्धन गर्न जरुरी छ । नेपालको पर्यटन वृद्धि विकासमा सहयोग पुग्ने भएकोले देशभर रहेको ऐतिहासिक गुफा तथा ओढारहरुको उचित प्रचार प्रसारमा लाग्न सम्बन्धित निकायहरुले ध्यान दिनुपर्ने बताएका छन् । त्यस्तै काठमाडौँकै उपत्यकामा थुप्रै ओढार तथा गुफाहरु रहेका छन् । आफु प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको प्रर्वद्धनतर्फ लागेको बताउँदै सांसद फुयाँलले आफ्नो निर्वाचन क्षेत्रमा रहेको गुफा तथा ओढारहरुको अवलोकन गर्दै त्यसको संरक्षण एवम् प्रचारप्रसारमा लाग्न स्थानीयवासी र सञ्चारकर्मीहरु आग्रह गरे । सांसद फुयाँल कागेश्वरीधाम पूर्वपट्टिको ऋषिले तप गरेको गुफा, तारेभिर गुफा, बाटुलेसिममाथिको गुफा, सुन्दरीजल क्षेत्रका ओढारहरु, मणिलिङ्गेश्वर क्षेत्रका ओढारहरुलाई संरक्षणमा जोड दिदै प्रकृति र पूर्खाका उपहारको प्रेमपूर्वक हिफाजत गरौँ, श्रम सम्मानको संस्कृतिलाई प्रोत्साहन गरौँ, सकारात्मक सोच राखौँ पर्यटनमैत्री वातावरण निर्माणमा गरौँ भन्ने सन्देश उनको छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…