SamwadKhabar logo

               

मधेश प्रदेश

यातायात कार्यालयबाट २२ कारोड ३० लाख राजस्व संकलन

देवराज रिजाल

देवराज रिजाल

यातायात कार्यालयबाट २२ कारोड ३० लाख राजस्व संकलन
१० साउन, धनुषा । मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रु २२ करोड ३० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आव २०७८र७९ रु ५५ करोड ५६ लाख ६८ राजस्व सङ्कलन भएको हो । सवारी करबाट रु ४२ करोड २२ लाख ३४ हजार ८७, सवारीचालक अनुमतिपत्र तथा नवीकरणबाट रु १२ लाख एक हजार १६१ तथा नयाँ सवारी दर्ता र रुट परमिटबाट रु एक करोड ३२ लाख चार हजार ९८१ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए । यो आव २०७७र७८ को भन्दा रु २२ करोड ३० लाख बढी हो । अघिल्लो आर्थिक वर्षमा रु ३९ करोड २२ लाख राजस्व सङ्कलन भएको थियो । यस्तै आव २०७८ र ७९ मा १६ हजार १८७ मोटरसाइकल, ५११ ट्र्याक्टर, ४७१ टेम्पु, २८२ इ–रिक्सा, २३८ जिप÷कारलगायत १५ हजार ९२० नयाँ सवारी साधन दर्ता भएको उनले बताए । कार्यालय प्रमुख साहका अनुसार सो आवमा २० हजार ६७२ जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको थियो भने २२ हजार ७५० सवारी साधन नवीकरण गरिएको थियो । मधेस प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई नवीकरणमा लाग्ने जरिवाना छुट दिनु, नयाँ सवारीसाधनको दर्ता बढ्नु र कर्मचारीले इमान्दारितापूर्वक कार्यालय समयमा बसेर काम गर्नाले गत आवमा राजस्व सङ्कलन उल्लेखनीय बढेको उनको भनाइ थियो । रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

मधेशका मुख्यमन्त्री सिंहद्वारा ८ राज्यमन्त्री बर्खास्त

मधेशका मुख्यमन्त्री सिंहद्वारा ८ राज्यमन्त्री बर्खास्त

२९ साउन, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सबै ८ जना राज्यमन्त्री…

विराटनगरमा बालिकाको अपहरणको आरोपमा ३ जना पक्राउ

विराटनगरमा बालिकाको अपहरणको आरोपमा ३ जना पक्राउ

१७ साउन, काठमाडौं । सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रह…

सर्लाहीको रायमाझी चोकमा बस दुर्घटना, तीन जनाको मृत्यु

सर्लाहीको रायमाझी चोकमा बस दुर्घटना, तीन जनाको मृत्यु

६ असार, काठमाडौं । सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवार…

मधेश प्रदेशका मुख्यमन्त्रीले लिए शपथ

मधेश प्रदेशका मुख्यमन्त्रीले लिए शपथ

जेठ २५, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शपथ लिएका छन् । श…