SamwadKhabar logo

               

गण्डकी प्रदेश

पोखरामा पहिरोले पुरिदा एक जनाको मृत्यु

देवराज रिजाल

देवराज रिजाल

पोखरामा पहिरोले पुरिदा एक जनाको मृत्यु
१६ साउन, काठमाडौँ । पोखरा महानगरपालिका–६ डिहिगोपाटनमा पहिरोले घरको कोठा पुरिँदा एक जनाको मृत्यु भएको छ। गएराति घर पछाडिबाट झरेको पहिरोले स्थानीय लक्ष्मी खड्काको ब्लकले बनाएको घर पुरिएको थियो। पहिरोले घर पुरिँदा कोठा भाडामा बस्दै आएका माछापुच्छ्रे गाउँपालिका– १ का तातोपानीका २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको कास्की प्रहरीका इन्सपेक्टर ज्ञानबहादुर खड्काले जानकारी दिए। सोही कोठामा बसेका सन्तोषकी दिदी सुनिता सुनार घाइते भएकी छिन् भने उनका छोरा १० वर्षीय सिम्रन सुनार सकुशल रहेका छन्। मध्यरात करिब २ बजेतिर पहिरोले घर पुरिएको थाहा पाएपछि प्रहरी टोली उद्धारमा खटिएको थियो। पहिरोमा परेका सन्तोषलाई उपचारका लागि प्रहरीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो। इन्सपेक्टर खड्काका अनुसार अस्पतालका चिकित्सक टोलीले सन्तोषको मृत्यु भइसकेको जनाएका थिए। घाइते सुनिताको गण्डकी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। आइतबार साँझदेखि परेको अविरल वर्षाले पोखरा– १३ कमलपोखरीमा घरहरू डुबानमा परेका छन्। घरहरू डुबानमा परे पनि मानवीय क्षती नभएको वडा अध्यक्ष किरण बरालले बताए। उनका अनुसार डुबानमा परेका घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

२६ भाद्र, काठमाडौं । तनहुँ आबुखैरेनी गाउँपालिका२ र ३ नम्बर वडा जोड्ने खहरे खोला नज…

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

१७ भाद्र, काठमाडौं । गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्री शपथ ग्रहण गर्नुभएको छ।…

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

१२ भाद्र, काठमाडौं । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलवार साँझ खसेको ह…

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था  : श्रममन्त्री अर्याल

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था : श्रममन्त्री अर्याल

२१ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले रोजगार…