SamwadKhabar logo

               

धर्मशास्त्र

घरको मूलढोकामा नागको फोटो टाँसेर नाग पञ्चमी मनाइँदै

देवराज रिजाल

देवराज रिजाल

घरको मूलढोकामा नागको फोटो टाँसेर नाग पञ्चमी मनाइँदै
१७ साउन, काठमाडौँ । प्रत्येक श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाइन्छ । नागलाई देवता सरह मानिने हुँदा यस दिन हिन्दू धर्मालम्बीहरुले नाग (सर्प)लाई देवताको रुपमा पुज्ने गर्छन् । परापुर्वकालदेखि नै विभिन्न पुराण तथा धर्मग्रन्थहरुमा नागदेवताको विशेष महत्वबारे वर्णन गरेको पाइन्छ । पौराणिक कथनअनुसार राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्प सत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिकले अनुरोध गरेपछि सर्पयज्ञ रोकेको र सम्पूर्ण नागहरुको उद्वार भएको दिन श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नागपञ्चमी पर्व मनाउन थालिको कुरा धेरै पुराणहरुमा उल्लेखित छ । त्यस्तै भविष्योत्तर पुराणमा शिव पार्वती संवाद अनुसार कुनै समयमा एक जना किसानकोे दुईवटा छोरा र एउटी छोरी थिई । एक दिन त्यस किसानले खेतमा काम गर्दा नागको तीनवटा बच्चा मरेकाले नागदेवता रिसाएर किसानको घरमा गई किसानसहित उसको दुई छोरोलाई डस्यो तर उसको छोरी छिमेकीको घरमा भएकोले बाँचीन् । भोलिपल्ट किसानको छोरीलाई पनि डस्न भनी जाँदा किसानको छोरीले नाग देवताको पूजा गरी दूध चढाइन् । त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित उसको परिवारलाई बचाइ दिएकाले यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको भन्ने पनि पाइन्छ । यसरी विभिन्न पुराणहरुमा उल्लेखित कथनअनुसार नागपञ्चमीको शुरुवात भएको पाइन्छ । नाग पञ्चमी मनाउनुका विविध कारण छन् । काठमाडौं उपत्यका पानीनै पानीले भरिएको थियो । पानीमा बस्ने भनेकै नाग हो । नाग बसेकै ठाउँमा मानिसको बसोबास रहेकाले नागले मानिसलाई केही नगरून भनेर नाग पञ्चमी मनाउन थालिएको पाइन्छ । नागलाई मानियो भने नागले मानिसलाई पनि रक्षा गर्छन् भन्ने विश्वासका कारण पनि नाग पञ्चमी मनाउने परम्पराको सुरुवात भएको मानिन्छ । त्यस्तै श्रावण खेतीको सिजन भएकाले यस समयमा पानीको आवश्यकता पर्न सक्छ । पानी परेन भने धानलगायत खेतीबालीहरु बिग्रने जोखिम हुन्छ । त्यसैले नागदेवताको पूजा गर्नाले पानी पर्ने दृढ विश्वासले पनि यो परम्परा मनाउन शुरु गरिएको हो । साथै वर्षभरि घरमा नागले दुःख दिदैन भन्ने विश्वासले र समयमै वर्षा होस र यस्तौ समयमा प्राकृतिक प्रकोपबाट हुने धनजनको क्षति नहोस् भन्ने उद्देश्यले नागको पूजा गरेर नागपञ्चमी मनाउने धार्मिक मान्यता रहिआएको छ । भगवान शंकरको गलामा होस् वा भगवान विष्णुको शैया होस् विभिन्न स्थानमा नागको स्वरुप आकारप्रकार सचित्र देख्न पाइन्छ । काठमाडौंको पशुपति मन्दिरमा वासुकी नागलाई पशुपति क्षेत्रको संरक्षकका रुपमा पनि हेरिन्छ । नाग पूजा गर्नाले शक्ति प्राप्त हुन्छ भन्ने विश्वास पनि छ । नाग पञ्चमीका दिन विभिन्न नागको फोटो ढोकामा टाँसेर पूजा गर्ने परम्परा छ । यो दिन विहानै उठी, स्नान गरी नागको चित्रमा वा मूर्तिमा पूजा गर्ने गरिन्छ । गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाइ एको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध,दही, घ्यु, दुबो कुश, फूल, सिन्दुर चन्दन आदिले नागको पूजा गरी धुपदीप नैवैद्यसहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँसिन्छ । नागपञ्चमीका दिन नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । नागपञ्चमी पर्वले नागहरु एवं अन्य जीवहरुप्रति सम्मान,सम्बद्र्धन एवं उनीहरुको संरक्षणको लागि प्रेरणा दिन्छ । हाम्रो कृषि सम्पदाको नाश गर्ने जीवहरुबाट रक्षाका साथै पर्यावरण रक्षा, जलस्रोत र वन सम्पदामा पनि नागको महत्वपूर्ण भूमिका रहेको छ भने आध्यामिक हिसाबले पनि नागको महत्व धेरै ठूलो छ । नागको कृपा र आशीर्वाद प्राप्त गर्न सकेमा हाम्रा भौतिक एवं आध्यात्मिक उन्नति, प्रगति सहजरुपमा हुन सक्छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…