SamwadKhabar logo

               

शिक्षा

लोकसेवा आयोगको परीक्षा प्रणाली सुधार गर्नुपर्ने माग

संवाद खबर

संवाद खबर

लोकसेवा आयोगको परीक्षा प्रणाली सुधार गर्नुपर्ने माग
साउन २२, काठमाडौं । प्रतिनिधिसभा बैठकमा लोकसेवा आयोगको परीक्षा प्रणाली सुधार गर्नुपर्ने माग उठाइएको छ । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा यस्तो माग उठाइएको हो । लोकसेवा आयोगको कार्यशैली र तौरतरिकामा समयानुकूल परिवर्तन हुन नसक्दा युवा मर्कामा परेको भन्दै आयोगको परीक्षा प्रणाली सुधारको माग गरिएको हो । सांसद डा. पुष्पाकुमारी कर्ण कायस्थले आयोगले योग्य जनशक्तिलाई सार्वजनिक प्रशासनमा सिफारिस गरेर सकारात्मक कार्य गरिरहेको भए पनि तौरतरिकामा समयानुकूल परिवर्तन हुन जरुररी रहेको औँल्याइन् । “आयोगले सूचना प्रकाशित भएपछि भाइबहिनीहरू फाराम भर्न १० ठाउँमा पुग्नुपर्ने बाध्यता छ । यसले उनीहरूको महत्त्वपूर्ण समय खेर जाने र स्रोतसाधनको दुरुपयोग भएको छ,” उनले भनिन्, “आयोगको विज्ञापनको नाममा ट्युसन कक्षाको व्यापार मौलाएको छ । प्रशासकहरूको समय ट्युसनमा खर्च हुने र त्यसबाट सार्वजनिक प्रशासनमा असर परेको छ ।” उनले नेपाली सेना, नेपाल प्रहरी र सशत्र प्रहरीका लािग एउटै पाठ्यक्रम निर्माण गर्ने र एकैपटक परिक्षा सञ्चालन गरेर मेरिटका आधारमा भर्ना गर्नुपर्ने बताइन् । यस्तै, सार्वजनिक संस्थाका लागि पनि एउटै पाठ्यक्रम निर्माण गर्ने र एकैपटक परिक्षा सञ्चालन गरेर मेरिटका आधारमा भर्ना गर्नुपर्नेमा उनले जोड दिइन् ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…