SamwadKhabar logo

               

अर्थ व्यवसाय

धौलागिरि लघुवित्तको आईपीओ बिक्री खुला

संवाद खबर

संवाद खबर

धौलागिरि लघुवित्तको आईपीओ बिक्री खुला
साउन २४, काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले हुन आउने तीन करोड ३१ लाख रुपैयाँ बराबरका तीन लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीले निष्कासन गर्ने कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् पाँच हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको तीन लाख नौ हजार २९५ कित्ता आईपीओका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा मागबमोजिम आवेदन नपरे आउँदो भदौ ७ गतेसम्म आवेदनका लागि समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० देखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । इच्छुक आवेदकले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस आईएस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको बुझिन्छ । हाल कम्पनीको चुक्ता पुँजी सात करोड रुपैयाँ छ । यो आईपीओ निष्कासन गरी बाँडफाँट गरेपश्चात् कम्पनीको चुक्ता पुँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७७÷७८ को अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा दुई करोड ५९ लाख रुपैयाँ छ । उक्त अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ४४ पैसा छ । प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ६६ पैसा छ । यो कम्पनीले धितोपत्र दोस्रो बजारमा १४८ रुपैयाँ ६६ पैसादेखि ४४५ रुपैयाँ ९८ पैसासम्म मूल्य रेञ्ज पाउने देखिन्छ । कम्पनीले पहिलो कारोबारका लागि वास्तविक प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज पाउने गर्छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …