SamwadKhabar logo

               

विज्ञान प्रविधि

पाँच महिनामै निर्माण भयो ५० मिटर लामो पुल

देवराज रिजाल

देवराज रिजाल

पाँच महिनामै निर्माण भयो ५० मिटर लामो पुल
२५ साउन, काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिबासस्थित भपसीखोलामा पाँच महिनामै ५० मिटर लामो पुल निर्माण सम्पन्न गरिएको छ । ठेक्का लिएर पनि ठेक्केदार कम्पनीले लामो समयसम्म काम सम्पन्न नगर्ने प्रवृत्ति मौलाइरहेका बेला सुगम निर्माण सेवा कम्पनीले भने आर्थिक वर्ष २०७८र७९ को पाँच महिनाकै अवधिमा सो पुलको निर्माण सम्पन्न गरेको हो । सो पुल कुल रु दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको छ । गत २०७८ मङ्सिरमा सम्झौता गरी पुसबाट पुल निर्माण सुरु गरेको र गत २०७९ वैशाखमा काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख ई सञ्जयकुमार मिश्रले जानकारी दिए ।यस्तै धनुषा र महोत्तरी जिल्लालाई जोड्ने महत्वपूर्ण रातुखोलाको पुल पनि सम्झौता अवधिअगावै निर्माण सम्पन्न भएको छ । कुल रु १४ करोडको लागतमा पप्पु दिवा जेभी प्रालिले दुई सय मिटर लामो पुल निर्माण सम्पन्न गरेको प्रमुख मिश्रले बताए । आव २०७५र७६ मा सम्झौता भई २०७९ वैशाखमा निर्माण सम्पन्न गरेको हो । आव २०७८र७९ मा निर्माण सम्पन्न भएका यी दुवै पुलको गत २०७९ वैशाखमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले उद्घाटन गरेका थिए । अत्यन्तै महत्वपूर्ण मानिएको दुवै पुल निर्माणसँगै यातायात आवागमनमा सहजता भएको स्थानीयले बताएका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

२५ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्य…

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

५ भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य …

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

१९ असार, काठमाडौं । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा अ…