SamwadKhabar logo

               

अर्थ व्यवसाय

इजरायलले कृषि कामका लागि एक हजार कामदार लैजाने

देवराज रिजाल

देवराज रिजाल

इजरायलले कृषि कामका लागि एक हजार कामदार लैजाने
३० साउन, काठमाडौँ । इजरायलले नेपालबाट थप एक हजार कामदार लैजाने भएको छ । यसअघि केयर गिभरमा एक हजार भन्दा बढी नेपाली कामदार लगेको इजरायलले कृषि कामका लागि थप एक हजार जना लैजाने भएको हो । उक्त कुराको जानकारी नेपालस्थित इजरायली दूतावासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई जानकारी गराएको छ । आज मन्त्री शेरबहादुर कुँवरसँग भेट गरी इजरायलका राजदूत खनान गोदेरले उक्त कुरा जानकारी गराएका हुन् । मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको थियो । छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आइतबार मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषी कामको लागि लैजाने विषय टुंगो लगाएको बताएका थिए । त्यस्तै उनले यसअघि सहायक कामदारको रूपमा १ हजार १४७ जना कामदार इजरायल गइरहेको बारेमा समेत जानकारी गराएका थिए । भेटमा मन्त्री कुँवरले इजरायल सरकारले उपलब्ध गराएका सहयोगप्रति धन्यवाद प्रकट गरेका थिए । आगामी दिनमा समेत इजरायल सरकारले नेपालका कृषी, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरेका थिए । मन्त्री कुँवरले श्रम मन्त्रालयले भर्खरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पुनः एकीकरणको नीति पारित गरेको भन्दै यसमा इजरायली लगानीकर्ताको सहयोग आवश्यक रहेको बताएका थिए । अहिले धेरै नेपालीले इजरायल जान चाहेको भन्दै त्यसका लागि वातावरण बनाइदिन मन्त्री कुँवरले राजदूत गोदेरसँग आग्रह गरेका थिए । इजरायल र नेपाल सरकारबीच जी टु जीमार्फत नेपाली कामदार लैजाने सहमति भएको थियो । सोही सहमतिअनुसार गतवर्ष एकहजार जना सहायक कामदार लैजाने सहमति भएको थियो । सोही आधारमा नेपालबाट एक हजार १४७ जना कामदार छनोटमा परेका थिए । उनीहरूले अहिले इजरायल जाने प्रक्रियामा छन् । इजरायलमा नेपालीले गर्दै आएको कामको मूल्यांकनको आधारमा थप कामदार लैजान इजरायली कम्पनीहरू तयार भएका हुन् । सोही आधारमा इजरायल सरकारले नेपालबाट कृषी क्षेत्रमा समेत १ हजार कामदार लैजाने सहमति गरिएको हो ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …