SamwadKhabar logo

               

अर्थ व्यवसाय

सामाजिक सुरक्षा कोषकाे घर सापटीदेखि शैक्षिक सापटीसम्मका योजना आजदेखि

संवाद खबर

संवाद खबर

सामाजिक सुरक्षा कोषकाे घर सापटीदेखि शैक्षिक सापटीसम्मका योजना आजदेखि
भदौँ १, काठमाडौं । सामाजिक सुरक्षा कोषले भदौ १ (आजदेखि) चार किसिमका सापटी योजना कार्यान्वयनमा ल्याएको छ । कोषमा योगदानकर्ता आवद्ध भएको ३६ महिना पुगेसँगै उक्त सापटी योजना कार्यान्वयनमा ल्याइएको हो । कोषले योगदानकर्ता घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र विशेष सापटी योजना कार्यान्वयनमा ल्याएको हो । सापटी योजनामा आवद्ध हुनका लागि योगदानकर्ताले नियमित ३६ महिनासम्म योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्नेछ । कोषले योगदानकर्ता घर सापटी योजनामा नयाँ घर निर्माण गर्न, आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्न सापटी प्रदान गर्नेछ । यस्तो सापटी अधिकतम ७५ लाख रूपैयाँसम्म लिन पाइनेछ । तर, योगदानकर्ताको १५ वर्षको तलब र ६० वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलब पनि हिसाब गरेर सापटी उपलब्ध गराइने योगदानकर्ता सापटी शाखाका प्रशासकीय अधिकृत डीपी सुन्दर पराजुलीले जानकारी दिए । यस्तो सापटी लिन जग्गा धितो राख्नुपर्नेछ । सापटी लिएको २० वर्षभित्र चुक्ता गुर्नपर्ने छ । योगदानकर्ता शैक्षिक सापटीअन्तर्गत योगदानकर्ता, निजको पति, पत्नी, छोरा वा छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययनका लागि शैक्षिक सापटी प्रदान गरिनेछ । यस्तो सापटीमा ३५ लाखसम्म पाइनेछ । तर, सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्च हिसाब गरी सापटीका लागि आवेदन दिन पर्नेछ । जसमा भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, आवस खर्च, शिक्षण संस्थाले तोकेको अन्य शुल्क, शैक्षिक सामग्री खर्च र ट्राभल तथा बीमा खर्च समावेस गर्नुपर्नेछ । यस्तो सापटी लिएको १५ वर्षभित्र चुक्ता गर्नुपर्नेछ । सापटी लिनका लागि धितो अनिवार्य रहेको छ । सामाजिक कार्य सापटीअन्तर्गत पाँच लाखसम्म सापटी लिन पाइनेछ । योगदानकर्ताले आफू वा एकाघर वा सगोलको परिवारको सदस्यको सामाजिक कार्यका लागि अन्य कोषबाट लिएको सामाजिक कार्य सापटी स्वाप गरी कोषबाट सामाजिक कार्य सापटी प्रदान गर्ने बताइएको छ । योगदान कर्ताले विशेष सापटी बिना धितो प्राप्त गर्न सक्नेछन् । अवकास कोषमा जम्मा भएको रकमको ८० प्रतिशत रकम योगदानकर्ताले सापटी लिन पाउने छन् । यो सापटी अनलाइनबाट नै लिन मिल्ने बनाइने बताइएको छ । यसमा धितो राख्न नपर्ने र योगदानकर्ताको अवकास कोषमा जम्मा भएको रकम सापटी लिन पाइने भएकाले आवश्यक कागजपत्र अपलोड गरेर अनलाइनबाट नै आवेदन दिन मिल्ने व्यवस्था गरिने बताइएको छ । योगदानकर्ता घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी वार्षिक ब्याजदर ९.७५ प्रतिशत रहेको छ । त्यस्तै विशेष सापटीमा भने योगदानकर्ताले वार्षिक ९.१ प्रतिशत तिर्नुपर्नेछ । योगदानकर्ताले घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी पनि लिन पाउने व्यवस्था रहेको छ । यी तीनवटै सापटी लिन चाहेका एक करोड रुपैयाँ वा १५ वर्षको तलव बराबारको रकम सापटी लिन पाइने छ । साउन ८ गतेसम्म सामाजिक सुरक्षा कोषमा ३ लाख ४८ हजार १७३ जना योगदानकर्ता र १७ हजार २१८ रोजगारदाताबाट २१ अर्ब २८ लाख रुपैयाँ रकम कोषमा जम्मा भइसकेको छ । त्यस्तै उक्त अविधिसम्म १ अर्ब ६० करोड रुपैयाँ दावी भुक्तानी भइसकेको छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …