SamwadKhabar logo

               

शिक्षा

रेसुङ्गा बहुमुखी क्याम्पसमा आर्थिक सङ्कटकालको घोषणा

देवराज रिजाल

देवराज रिजाल

रेसुङ्गा बहुमुखी क्याम्पसमा आर्थिक सङ्कटकालको घोषणा
१ भदौँ, काठमाडौँ । २०३९ सालमा स्थापना भएको गुल्मी जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा आर्थिक सङ्कटकालको घोषणा गरिएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षतामा बसेको बैठकले क्याम्पसमा ६ महिनाका लागि आर्थिक सङ्कटकालको घोषणा गर्ने निर्णय गरेको हो । सोमबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले आर्थिक अभावको कारण क्याम्पस सञ्चालन गर्नै समस्या भएको भन्दै ‘आर्थिक संकटापन्न अवस्था’ घोषणा गरेको छ । कोभिड–१९ महामारीका कारण शैक्षिक सत्र लम्बिएको, विद्यार्थी संख्या कम भएको लगायतका कारण आर्थिक संकटमा परेको क्याम्पस प्रमुख हरिबहादुर केसीले बताए । अहिले क्याम्पस चरम आर्थिक संकटमा परेकोले समुदाय, सरोकारवाला निकायलाई जानकारी दिनको लागि केही गर्नुपर्छ भनेर संकटापन्न घोषणा गर्नुपरेको सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । क्याम्पसको वर्तमान आर्थिक अवस्था एवम् समग्र वस्तुस्थितिको अध्ययन गरी प्रतिवेदन पेश गर्न क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष धर्मबहादुर विश्वकर्माको संयोजकत्वमा सञ्चालक समिति सदस्य ठाकुरप्रसाद पाण्डेय र गोपालप्रसाद भुसाल सदस्य रहने गरी तिन सदस्यीय अध्ययन तथा समाधान सुझाव उपसमिति गठन गरिएको छ । त्यस्तै, बैठकले क्याम्पसको वर्तमान अवस्था तथा समयानुकूल वर्तमान क्याम्पस नियमावली २०४७ ९संशोधित ०७६० मा संशोधन गर्नुपर्ने भएकाले भदौ १८ गते विशेष क्याम्पस साधारणसभाको आव्हान गरेको छ । क्याम्पसको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गरी अर्को व्यवस्था नहुँदासम्मका निम्ति क्याम्पस प्रमुखबाट मात्र दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने तथा सहायक क्याम्पस प्रमुखहरुलाई राजीनामा दिई सहयोग गर्न अनुरोध गर्ने निर्णय गरिएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले क्याम्पसको आर्थिक सङ्कटलाई टार्न कार्यदल गठन गरिएको बताउँदै उक्त कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा थप निर्णयहरु गरिने उल्लेख गर्नुभयो । सो कार्यदललाई आवश्यक गाइडलाइन समेत दिइएको छ । अहिले सबैको ध्यान आर्थिक सङ्कट कसरी टार्न सकिन्छ भन्नेमा रहेको बताउनुभयो । क्याम्पसलाई समस्यामुक्त गर्नको लागि विभिन्न उपाय लगाउने उनको भनाइ छ । अहिले क्याम्पसको समस्या समाधान गर्नको लागि तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ । अध्यक्ष भलामीले विभिन्न नौ बुँदे कार्यदेश दिइएको जानकारी दिए । उनका अनुसार सञ्चालक समिति उपाध्यक्ष धर्म विश्वकर्माको संयोजकत्वमा बनेको अध्ययन समितिले कोभिड–१९ को बेलाको खर्चको व्यवस्थापन कसरी गर्ने, क्याम्पसमा भएका खर्च कटौती कसरी गर्न सकिन्छ, १० वर्षअघि लगाएको महायज्ञमा घोषणा भएको चन्दा रकम उठाउनका लागि अब के गर्न सकिन्छ लगायतको विषयमा प्रतिवेदन तयार गर्नेछ । पाँच दिनभित्र प्रतिवेदन तयार गर्नुपर्नेछ । समितिको उक्त प्रतिवेदनमाथि बृहत छलफल गरी कार्यान्वयनका लागि अघि बढ्ने अध्यक्ष भलामीले बताए ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…