SamwadKhabar logo

               

राजनीति

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा निर्वाचनमा भाग नलिने

संवाद खबर

संवाद खबर

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा निर्वाचनमा भाग नलिने
भदौ १, काठमाडौं । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ । पूर्व सञ्चारकर्मी रवि लामिछाने अध्यक्ष रहेको उक्त पार्टीले आगामी प्रदेश सभाका लागि उम्मेदवारी नदिने निर्णय गरेको हो । पार्टी अध्यक्ष लामिछानेले भिडियो सन्देश मार्फत सातै प्रदेशका विभिन्न स्थानमा पुगेर जनमत बुझ्दा प्रदेश संरचानप्रति जनतामा ब्यापक असन्तुष्टि रहेको पाइएको भन्दै प्रदेश सभामा उम्मेदवारी नदिने निर्णय गरेको बताउनुभएको छ । आगामी मंसिरमा हुने आमचुनावमा प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फ मात्रै उम्मेदवारी दिने पनि लामिछानेले बताउनु भएको छ । प्रदेश तहको संरचनाले राज्यकोषको दोहन मात्रै गरेको र प्रदेश सभालाई दलका दोस्रो, तेस्रा, चौथो तहका नेताको व्यवस्थापन गर्ने थलो बनाइएको भन्ने जनताको मत रहेको पनि उहाँको दाबी रहेको छ । आफूहरुले प्रदेशसभा चुनावमा भाग नलिने जानकारी निर्वाचन आयोगलाई गराईसकेको पनि लामिछानेले बताउनुभएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…