SamwadKhabar logo

               

अर्थ व्यवसाय

सहज र सुलभ बन्दै विद्युतीय कारोबार

देवराज रिजाल

देवराज रिजाल

सहज र सुलभ बन्दै विद्युतीय कारोबार
१ भदौँ, काठमाडौँ । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढेको हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा विद्युतीय कारोबारमा वृद्धि भएको हो । सो आवमा विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, प्रिपेड कार्ड, क्यूआरमार्फत भुक्तानीलगायतको प्रयोगका साथै कारोबार रकमसमेत बढेको छ । सार्वजनिक तथ्याङ्कानुसार गत आवमा क्विक रेस्पोन्स ९क्यूआर० कोडमा आधारित भुक्तानीको प्रयोग उच्च दरले बढेको देखिन्छ । अघिल्लो आवका तुलनामा गत आवमा क्यूआर कोडको प्रयोग गरी कारोबार सङ्ख्या चार सय प्रतिशतले बढेको छ । अघिल्लो आवमा क्यूआर कोडको प्रयोग गरी ४२ लाख ८१ हजार नौ सय ९४ पटकमा रु १४ अर्ब ५२ करोड ६० लाखको कारोबार भएको छ । जसमा अघिल्लो आवको समीक्षा अवधिमा यसको प्रयोग आठ लाख ५५ हजार पाँच सय ६६ पटकमा रु तीन अर्ब ६५ करोड १० लाख बराबर मात्रै भएको थियो । त्यस्तै गत आवमा प्रिपेड कार्डका माध्यमबाट ५७ हजार नौ सय ४२ पटकमा रु ४५ करोड ८० लाख बराबरको कारोबार भएको देखिन्छ । जुन अघिल्लो आवको तुलनामा दुई सय ३६ प्रतिशतले बढी हो । अघिल्लो आवमा यस्तो कार्डको प्रयोगबाट १७ हजार दुई सय ३१ पटकमा रु सात करोड ३० लाखको कारोबार भएको थियो । उपलब्ध विवरणअनुसार प्वाइन्ट अफ सेलको प्रयोग ८४ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । अघिल्लो आवमा छ लाख ३५ हजार पाँच सय ९९ पटकमा रु दुई अर्ब ६६ करोड ५० लाखको कारोबार भएकामा गत आवमा ११ लाख ७३ हजार पाँच सय ४८ पटकमा रु पाँच अर्ब १८ करोड ३० लाखको कारोबार भएको छ । त्यस्तै कारोबारमा क्रेडिट कार्डको प्रयोग अघिल्लो आवका तुलनामा गत आवमा ८३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा एक लाख २४ हजार दुई सय ४३ पटकमा रु ८५ करोड ९० लाखको कारोबार भएकामा गत आवमा दुई लाख २७ हजार नौ सय २० पटकमा रु एक अर्ब ४९ करोडको कारोबार भएको छ । मोबाइल बैंङ्किङमार्फतको कारोबार सङ्ख्या ५० प्रतिशतले वृद्धि केन्द्रीय बैंकको पछिल्लो विवरणानुसार मोबाइल बैंकिङको प्रयोग अघिल्लो आवका तुलनामा गत आवमा ५० प्रतिशतले बढेको छ । अघिल्लो आवमा एक करोड ३७ लाख नौ सय ९३ पटकमा रु ७३ अर्ब ७२ करोड ९० लाख बराबरको कारोबार भएकामा गत आवमा दुई करोड पाँच लाख ६४ हजार तीन सय आठ पटक मोबाइल बैङ्किङको प्रयोग गरी एक खर्ब ६३ अर्ब २५ करोड ५० लाखकोे कारोबार भएको छ । त्यस्तै डेबिट कार्डका माध्यमबाट गत आवमा एक करोड ११ लाख २७ हजार ६ सय ८३ पटकमा रु ८३ अर्ब २० करोडको कारोबार भएको देखिन्छ । अघिल्लो आवमा यसको प्रयोग ७४ लाख ६५ हजार चार सय ३९ पटकमा रु ६६ अर्ब ४१ करोड ७० लाखको कारोबार भएको थियो, जुन प्रयोगका आधारमा अघिल्लो आवको भन्दा ४९ प्रतिशतले बढी हो । राष्ट्र बैंकका अनुसार एटिएमको प्रयोग गत आवमा अघिल्लो आवका तुलनामा ४६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा एटिएमको ६९ लाख १९ हजार एक सय ९९ पटक प्रयोग भई रु ६४ अर्ब ३८ करोड ९० लाख कारोबार भएकोमा गत आवमा एक करोड एक लाख ६९ हजार तीन सय ३१ पटकमा रु ७९ अर्ब ४५ करोड ८० लाखको कारोबार भएको छ । त्यस्तै समीक्षा अवधिमा कनेक्ट आइपिएस्को प्रयोग ३३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३२ लाख चार हजार आठ सय ४५ पटक कनेक्ट आइपिएस्प्रयोग गरी रु दुई खर्ब ३७ अर्ब ७५ करोड २० लाखको कारोबार भएकोमा गत आवको समीक्षा अवधिमा ४२ लाख ७० हजार ९९ पटकमा रु तीन खर्ब ६९ अर्ब २२ करोड ३० लाखको कारोबार भएको छ । यसैगरी रियल टाइम ग्रुप सेटलमेन्ट ९आरजीटीएस० प्रणालीमार्फत भएको भुक्तानीको सङ्ख्या ३७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ५९ हजार छ सय ५५ पटक यसको प्रयोग भएको थियो भने गत आवमा यस्तो प्रणाली ८१ हजार आठ सय १७ पटक प्रयोग भई रु ४३ खर्ब ४९ अर्ब पाँच करोड ६० लाख बराबरको कारोबार भएको विवरण सार्वजनिक भएको छ । त्यस्तै अघिल्लो आवका आधारमा यस आवमा ई –कमर्स ३२ प्रतिशतले, वालेट २९ प्रतिशतले, ब्रान्चलेस बैंङ्किङ १६ प्रतिशतले, आइपिएस १३ प्रतिशतले र इसिसिको तीन प्रतिशतले प्रयोग बढेको विवरण सार्वजनिक भएको छ । वालेटमार्फत गत आवमा एक करोड ६२ लाख छ हजार तीन सय ६५ पटकमा रु १७ अर्ब ७५ करोड २० लाखको कारोबार भएको देखिन्छ । त्यस्तै गत आवमा शाखा रहित बैंकिङ अन्तर्गत ६९ हजार चार सय ६५ पटकमा रु एक अर्ब ५० करोड ३० लाखको कारोबार भएको छ । विवरणअनुसार गत आवमा आइपिएस माध्यमबाट १३ लाख २२ हजार एक सय ७४ पटकमा रु दुई खर्ब ७५ अर्ब ७५ करोड २० लाख, इसिसि माध्यमबाट १४ लाख ८६ हजार पाँच सय ५१ पटकमा रु आठ खर्ब ५० अर्ब ६४ करोड ९० लाखको कारोबार देखिन्छ । इन्टरनेट बैंकिङ्को प्रयोगदर घट्यो तर कारोबार रकम भने बढ्यो सार्वजनिक विवरणानुसार अघिल्लो आवका आधारमा गत आवमा इन्टरनेट बैंकिङका माध्यमबाट भुक्तानी भएको सङ्ख्यमा कमी आएको देखिएको छ । अघिल्लो आवमा तीन लाख २९ हजार पाँच सय २३ पटक इन्टरनेट बैंकिङको प्रयोग भएकामा गत आवमा तीन लाख १८ हजार पाँच सय ९८ पटक यसको प्रयोग भएको छ । यता कारोबार रकमका आधारमा भने यसको प्रयोग १३ प्रतिशले बढेको छ । अघिल्लो आवमा यस्तो प्रणाली बाट रु १३ अर्ब ८३ करोड २० लाख बराबरको कारोबार भएकामा गत आवमा १५ अर्ब ६३ करोड ८० लाखबराबरको भुक्तानी भएको देखिन्छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार अघिल्लो आवका आधारमा गत आवमा क्यूआरकोडमा आधारित भुक्तनीको प्रयोग उच्च दरले बढेको देखिन्छ । वित्तीय साक्षारता र प्रविधिको पहुँचमा भएको वृद्धिले विद्युतीय भुक्तानीमा सर्वसाधारणको सहभागिता बढेको जानकार बताउँछन् । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण मुलुकमा विद्युतीय भुक्तानी कारोबार उल्लेख्य बढेको केन्द्रीय बैंकले जनाएको छ । रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …