SamwadKhabar logo

               

कोशी प्रदेश

हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनको प्रगति विवरण

देवराज रिजाल

देवराज रिजाल

हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनको प्रगति विवरण
२ भदौँ, काठमाडौँ । सुनसरी, धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका उनले पहिलो बुँदामा नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् । आफ्नो आधिकारिक फेसबुक एकाउन्टमार्फत उनले सार्वजनिक गरेको कार्य विवरणमा ४ ठाउँबाट खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको र ६ लाख विरुवा रोपेको उल्लेख छ । त्यसैगरी सरसफाइमा देखिने सुधार ल्याएको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेको, लागूऔषध विरुद्धको अभियान शुरु गरेको उनले उल्लेख गरेका छन् । यस्तो छ उनले सार्वजनिक गरेको कार्य विवरण १. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें । २. ४ ठाउँबाट खानेपानीको मुहान थपे । ३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाए । ४. ६ लाख विरुवा रोपे । ५. सरसफाइमा देखिने सुधार ल्याएँ । ६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ । ७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें । ८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद व्यवस्थापन । ९. लागु औषध विरुद्धको अभियान शुरु गरें । १०. योजनाहरुका लागि बजेटको जोहो गराएँ । ११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें । १२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ । १३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

२५ कार्तिक, काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

विराटनगरका अधिकांश स्थान जलमग्न, विधालय बन्द

विराटनगरका अधिकांश स्थान जलमग्न, विधालय बन्द

१२ असार, काठमाडौं । ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा रातभर वर्षाका कारण विर…

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

१२ असार, काठमाडौं । ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । चिसङ्खुगढी …