SamwadKhabar logo

               

कोशी प्रदेश

मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

संवाद खबर

संवाद खबर

मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

२५ कार्तिक, काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ पर्नुभएको छ । मानव तस्करीको आरोपमा उहाँलाई  प्रहरी अदालतको अनुमतिमा विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो । 

उहाँलाई आजै दिउँसो हवाईजहाजमार्फत् काठमाडौं ल्याउने तयारीमा छ । 

गृहमन्त्रालय स्रोतका अनुसार मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद लीलाबल्लभ अधिकारीमाथि अनुसन्धान सुरू नभएको भन्दै गृह प्रशासनको आलोचना भइरहेको थियो ।

मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उहाँ जापान जानुभएको थियो । उहाँसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । शंकास्पद कागजातका कारण जापानबाट फर्काइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अघिल्लो शनिवार चारै जनालाई अध्यागमन कार्यालयले अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाउने तयारी गरेको थियो । तर जापानको अध्यागमनले मन्त्री परिचयपत्रका कारण उहाँलाई विमानस्थलबाट फर्काइदिएको थियो । उहाँसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि मन्त्री पदबाट उहाँले राजीनामा दिनुभएको थियो । शनिवार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट उहाँ निलम्बित हुनुभयो । 

ताजा

सबै

बलम्बुमा महालक्ष्मी जात्रा सुरु

२७ कार्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ …

गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ

२७ कार्तिक, काठमाडौं । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुर…

हेटौंडामा ट्यांकरको टायर पड्कँदा एक जनाको मृत्यु, ५ घाइते

२७ कार्तिक, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङमा…

आज हरिबोधनी एकादशी, तुलसीसँग विष्णुको विवाह गरी मनाइँदै

२७ कार्तिक, काठमाडौं । आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगवान व…

लोकप्रिय

सबै

रवि र छविसहित ४ जनालाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२५ कार्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापतिरवि लामिछाने र पूर्वडीआइजी छविलाल…

आज हरिबोधनी एकादशी, तुलसीसँग विष्णुको विवाह गरी मनाइँदै

२७ कार्तिक, काठमाडौं । आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगवान व…

नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर

२५ कार्तिक, काठमाडौं । काठमाडौंको नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर स…

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द

विजय प्रसाद मिश्र झापा । आफ्नो मौलिक स्वधर्म-संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्छ, आफ्न…

यो पनि

मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

२५ कार्तिक, काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

विराटनगरका अधिकांश स्थान जलमग्न, विधालय बन्द

विराटनगरका अधिकांश स्थान जलमग्न, विधालय बन्द

१२ असार, काठमाडौं । ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा रातभर वर्षाका कारण विर…

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

१२ असार, काठमाडौं । ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । चिसङ्खुगढी …