SamwadKhabar logo

               

धर्म संस्कृति

आज हरिबोधनी एकादशी, तुलसीसँग विष्णुको विवाह गरी मनाइँदै

संवाद खबर

संवाद खबर

आज हरिबोधनी एकादशी, तुलसीसँग विष्णुको विवाह गरी  मनाइँदै

२७ कार्तिक, काठमाडौं । आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगवान विष्णुको पूजाआजा गरी मनाउने गर्छन्  । आजको दिन घर-घरमा रोपिएको तुलसीको विवाहलाई  भगवान् विष्णु र लक्ष्मीजीको विवाहको प्रतीकात्मक विवाहको रूपमा पूजा गरिने प्रचलन छ । 

वैदिक पात्रोमा उल्लेखित १६ तिथिमध्ये एकादशीलाई महत्त्वपूर्ण तिथिका रूपमा मनाइन्छ । कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधनी एकादशीलाई ठुलो एकादशी पनि भनिन्छ । आजको दिन विशेषगरी विष्णु तुलसी विवाहको उत्सव मनाइन्छ । आज तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर, फूलमालाले सजाएर आज भगवान विष्णुको तुलसीसँग विवाह गरिन्छ ।

सनातन धर्म अनुसार आषाढ शुल्क एकादशीदेखि सुतेर भगवान् विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट उठेको यस पवित्र दिनमा भगवान् विष्णुले सबैभन्दा पहिले तुलसीको प्रार्थना सुन्नुभएको र त्यसै प्रार्थनाका प्रभावले निन्द्राबाट उठ्नुभएको थियो  । त्यसैले आजै बेलुका घर-घरमा भजन कीर्तन गरी जागराम बस्ने चलन छ ।

वैदिक सनातन संस्कारमा तुलसी पूजा को ठूलो महत्व छ । हजारौं बर्षदेखि सनातन संस्कारीहरु प्रातकालमै उठेर तुलसीमा पानी चढाएर अनि नमन गरेर मात्र आ-आफ्नो नित्यकर्ममा लाग्ने गर्दथे । 

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित छ । तुलसीको पात हालेर अनि भगवानलाई अर्पण गरेर मात्र भोजन फलाहार आदि सेवन गर्ने चलन अझै पनि विधमान छ । आँगनको छेउको तुलसी मोठ बिवाह ब्रतबन्ध लगायत मृत्यूशैया सम्मका लागि पवित्र स्थान मानेर उपयोग गरिने चलन छ । तुलसीको फुललाई सुकाएर राखेर प्रयोग गरिन्छ, यी फुललाई मञ्जरी भनिन्छ । त्यस्तै तुलसीको डाँठलाई काटेर सुकाएर आएका मसिना काठ जस्ता टुक्राका पवित्र माला अत्यन्त पवित्र मानिन्छ ।

नेपालभर छरिएर रहेका भगवान विष्णुका मन्दिर अनि तिर्थस्थलमा तिर्थाटन गर्ने भक्तजनहरुको विशेषगरी आज भिड लाग्ने गर्दछ । पशुपतिनाथ परिसरको बागमती नदीमा भक्तजनहरूले एकादशीकै दिन पारेर तोरण टाँगेका छन् । मरोणेपरान्त वैकुण्ठ बास होस् र आफ्नो परिवारलाई राम्रो होस् भन्ने कामनाका साथ तोरण टाँग्ने प्रचलन रहेको छ ।  

ताजा

सबै

बलम्बुमा महालक्ष्मी जात्रा सुरु

२७ कार्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ …

गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ

२७ कार्तिक, काठमाडौं । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुर…

हेटौंडामा ट्यांकरको टायर पड्कँदा एक जनाको मृत्यु, ५ घाइते

२७ कार्तिक, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङमा…

आज हरिबोधनी एकादशी, तुलसीसँग विष्णुको विवाह गरी मनाइँदै

२७ कार्तिक, काठमाडौं । आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगवान व…

लोकप्रिय

सबै

रवि र छविसहित ४ जनालाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२५ कार्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापतिरवि लामिछाने र पूर्वडीआइजी छविलाल…

आज हरिबोधनी एकादशी, तुलसीसँग विष्णुको विवाह गरी मनाइँदै

२७ कार्तिक, काठमाडौं । आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगवान व…

नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर

२५ कार्तिक, काठमाडौं । काठमाडौंको नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर स…

सिंहदरबारभित्र कर्मचारीद्वारा विरोध प्रदर्शन

२५ कार्तिक, काठमाडौं । नेपाल विविध सेवाका प्राविधिक कर्मचारीलाई स्वतः बढुवा गरी समा…

यो पनि

बलम्बुमा महालक्ष्मी जात्रा सुरु

बलम्बुमा महालक्ष्मी जात्रा सुरु

२७ कार्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ …

आज हरिबोधनी एकादशी, तुलसीसँग विष्णुको विवाह गरी  मनाइँदै

आज हरिबोधनी एकादशी, तुलसीसँग विष्णुको विवाह गरी मनाइँदै

२७ कार्तिक, काठमाडौं । आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगवान व…

हरिबोधनी एकादशीमा ‘माईपोखरी बहुधार्मिक महोत्सव’ हुँदै

हरिबोधनी एकादशीमा ‘माईपोखरी बहुधार्मिक महोत्सव’ हुँदै

२६ कार्तिक, काठमाडौं । सन्दकपुर गाउँपालिका३ स्थित धार्मिकपर्यटकीय क्षेत्र माईपोखरीमा ह…

प्रत्येक जातजातिलाई आफ्नो धर्म–संस्कृति तथा साहित्यको विकास गर्ने अधिकार छ : डा. कोइराला

प्रत्येक जातजातिलाई आफ्नो धर्म–संस्कृति तथा साहित्यको विकास गर्ने अधिकार छ : डा. कोइराला

२५ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतान्त्रिक व्यवस्था…