SamwadKhabar logo

               

धर्म संस्कृति

हरिबोधनी एकादशीमा ‘माईपोखरी बहुधार्मिक महोत्सव’ हुँदै

संवाद खबर

संवाद खबर

हरिबोधनी एकादशीमा ‘माईपोखरी बहुधार्मिक महोत्सव’ हुँदै

२६ कार्तिक, काठमाडौं । सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना गर्न हुने भएको छ । माईपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रूपमा प्रवर्द्धन तथा बहुआयमिक अनुसन्धान स्थलका रूपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक समिति अध्यक्ष प्रेम नाछिरिङ राईले बताउनुभयो । 

यही कात्तिक २६ र २७ मा सञ्चालन हुने महोत्सवमा विभिन्न हिन्दू, बौद्ध र किरात धर्मगुरुले पूजापाठ, मन्त्रोच्चारण समेत गर्ने उहाँले जानकारी दिनुभयो । “माईपोखरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बहुधार्मिक महोत्सव आयोजना गरिएको छ”, अध्यक्ष राईले भन्नुभयो, “महोत्सवमा धार्मिक प्रवचनका साथै विभिन्न क्षेत्रको दृश्यावलोकन समेत गराइनेछ ।”

महोत्सवमा माईपोखरी दर्शन तथा अवलोकन, माईपोखरी परिसरका सत्यधुनी पाठशाला, शिवालय, यज्ञकुण्ड, साधुकुटी, बौद्धगुम्बा, तीनचुलो, युमाथान अवलोकन तथा हिन्दू, बौद्ध र किरात धर्मको धार्मिक प्रवचन सुन्न पाइने छ । त्यस्तै विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, भेशभूषा प्रदर्शन एवं जातीय सांस्कृतिक परिकार प्रदर्शन गरिने अध्यक्ष राईले बताउनुभयो । यहाँ आउने पर्यटकले फूल, आलु, मूला, अर्ग्यानिक चिया र तरकारीको प्रदर्शन गरिनेछ । 

महोत्सवमा आन्तरिक र बाह्य गरी ५० हजार पर्यटक र भक्तजनलाई माईपोखरी भ्रमण गराउने आयोजकको लक्ष्य छ । माईपोखरी पुग्ने पर्यटकलाई खान र बस्नका लागि होमस्टेको व्यवस्था गरिएको आयोजक समिति कोषाध्यक्ष निर्मला निरौलाले बताउनुभयो । 

नौवटा कुन रहेको माईपोखरीमा पूजापाठ गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । दुई हजार एक सय २१ मिटर अग्लो डाँडामा रहेको माईपोखरीको दुई हेक्टर जलाशय र १२ हेक्टर सिमसारलाई अत्यन्त संवेदनशील मानिएको छ । बाक्लो कुहिरोले छाडेर आकाश खुल्नसाथ माईपोखरी निकै मनमोहक देखिन्छ ।

हरेक वर्ष हरिबोधनी एकादशी र नयाँ वर्षमा यहाँ ठुलो धार्मिक मेला लाग्ने गर्दछ । यस पटक भने महोत्सव नै आयोजना गरिएको आयोजक समिति सदस्य लीला भट्टराईले बताउनुभयो । “विगतमा यहाँ धार्मिक मेला लाग्ने गर्दथ्यो, यसपटक हामीले बहुधार्मिक महोत्सव नै आयोजन गर्ने जमर्को गरेका छौँ”, उहाँले भन्नुभयो, “यसले माईपोखरीको पर्यटन प्रवर्द्धनमा योगदान गर्नेमा विश्वस्त छौँ ।”

माईपोखरी सन् २००८ अक्टोबर २८ मा दक्षिण कोरियाको चाङबाङमा सम्पन्न रामसार महासन्धिको दशौँ बैठकले विश्व सम्पदा सूचीमा राखेको छ । माईपोखरी जान इलाम सदरमुकामबाट उत्तरमा बिब्लयाँटे बजार हुँदै आधा जति कालोपत्रे र आधा जति कच्ची गरी १३ किलोमिटर सडक पार गर्नुपर्ने हुन्छ । रासस
 

ताजा

सबै

बलम्बुमा महालक्ष्मी जात्रा सुरु

२७ कार्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ …

गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ

२७ कार्तिक, काठमाडौं । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुर…

हेटौंडामा ट्यांकरको टायर पड्कँदा एक जनाको मृत्यु, ५ घाइते

२७ कार्तिक, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङमा…

आज हरिबोधनी एकादशी, तुलसीसँग विष्णुको विवाह गरी मनाइँदै

२७ कार्तिक, काठमाडौं । आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगवान व…

लोकप्रिय

सबै

रवि र छविसहित ४ जनालाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२५ कार्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापतिरवि लामिछाने र पूर्वडीआइजी छविलाल…

आज हरिबोधनी एकादशी, तुलसीसँग विष्णुको विवाह गरी मनाइँदै

२७ कार्तिक, काठमाडौं । आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगवान व…

नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर

२५ कार्तिक, काठमाडौं । काठमाडौंको नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर स…

सिंहदरबारभित्र कर्मचारीद्वारा विरोध प्रदर्शन

२५ कार्तिक, काठमाडौं । नेपाल विविध सेवाका प्राविधिक कर्मचारीलाई स्वतः बढुवा गरी समा…

यो पनि

बलम्बुमा महालक्ष्मी जात्रा सुरु

बलम्बुमा महालक्ष्मी जात्रा सुरु

२७ कार्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ …

आज हरिबोधनी एकादशी, तुलसीसँग विष्णुको विवाह गरी  मनाइँदै

आज हरिबोधनी एकादशी, तुलसीसँग विष्णुको विवाह गरी मनाइँदै

२७ कार्तिक, काठमाडौं । आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगवान व…

हरिबोधनी एकादशीमा ‘माईपोखरी बहुधार्मिक महोत्सव’ हुँदै

हरिबोधनी एकादशीमा ‘माईपोखरी बहुधार्मिक महोत्सव’ हुँदै

२६ कार्तिक, काठमाडौं । सन्दकपुर गाउँपालिका३ स्थित धार्मिकपर्यटकीय क्षेत्र माईपोखरीमा ह…

प्रत्येक जातजातिलाई आफ्नो धर्म–संस्कृति तथा साहित्यको विकास गर्ने अधिकार छ : डा. कोइराला

प्रत्येक जातजातिलाई आफ्नो धर्म–संस्कृति तथा साहित्यको विकास गर्ने अधिकार छ : डा. कोइराला

२५ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतान्त्रिक व्यवस्था…