SamwadKhabar logo

               

धर्म संस्कृति

प्रत्येक जातजातिलाई आफ्नो धर्म–संस्कृति तथा साहित्यको विकास गर्ने अधिकार छ : डा. कोइराला

संवाद खबर

संवाद खबर

प्रत्येक जातजातिलाई आफ्नो धर्म–संस्कृति तथा साहित्यको विकास गर्ने अधिकार छ : डा. कोइराला

२५ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतान्त्रिक व्यवस्थामा प्रत्येक जातजातिलाई आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा र साहित्यको जगेर्ना तथा विकास गर्ने अधिकार हुने बताउनुभएको छ । आज आइतवार राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४० औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सो कुरा बताउनुभएको हो । 

किँरात धार्मिकस्थलका रुपमा रहेको इलामको लारुम्बास्थित माङसेबुङ क्षेत्रलाई धार्मिक क्षेत्र विकासका रुपमा विस्तार गर्नुपर्ने र  पशुपतिनाथ क्षेत्र विकासजस्तै गरेर विकास गर्नुपर्नेमा जोड दिनुभयो । 

साहित्य समाजको ऐना हो र यसको राजनीतिक सीमा नहुने बताउनुहुँदै थप उहाँले भन्नुभयो, “संस्कृतिको जगेर्ना गर्नुपर्छ, संस्कृति भनेको व्यक्ति, समाज र समुदायको पहिचान हो ।” उहाँले धार्मिक र आध्यात्मिक क्षेत्रको तपोभूमि नेपाल समस्त मानव जातिको आकर्षणको केन्द्रका रूपमा रहेको बताउनुभयो । यसक्रममा महागुरुको अवतरणले यो रमणीय भूमि पनि तपोभूमि भएर ज्ञान र चेतनाका प्रकाश विस्तार गर्ने केन्द्रको रूपमा पहिचान बनाउन सफल भएको नेपाली कांग्रेसका नेता डा. कोइरालाले उल्लेख गर्नुभयो । 

नेपालको संविधानले सबै नागरिकलाई समान हक अधिकारको सुनिश्चितता गरेको छ । राज्यव्यवस्थाको सयकडौँ वर्षको ढाँचा फेरिएको छ । तर ढाँचा फेर्दैमा कैयन सामाजिक मान्यतामा परिवर्तन नआएको उहाँले बताउनुभयो । 

कोइरालाले फाल्गुनन्दको अवतरणले ज्ञान र चेतनाको ज्योति प्रदान गरेको भन्दै फाल्गुनन्दले कोरेको बाटोलाई पनि सही ढंगले पहिचान गरी त्यसको संरक्षण सम्वर्धनमा लाग्नुपर्ने बताउनुभयो ।

जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा माङसेबुुङस्थित किँरात धर्मगुरु आत्मनन्द लिङदेनको समेत उपस्थिति थियो । 

ताजा

सबै

बलम्बुमा महालक्ष्मी जात्रा सुरु

२७ कार्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ …

गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ

२७ कार्तिक, काठमाडौं । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुर…

हेटौंडामा ट्यांकरको टायर पड्कँदा एक जनाको मृत्यु, ५ घाइते

२७ कार्तिक, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङमा…

आज हरिबोधनी एकादशी, तुलसीसँग विष्णुको विवाह गरी मनाइँदै

२७ कार्तिक, काठमाडौं । आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगवान व…

लोकप्रिय

सबै

रवि र छविसहित ४ जनालाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२५ कार्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापतिरवि लामिछाने र पूर्वडीआइजी छविलाल…

आज हरिबोधनी एकादशी, तुलसीसँग विष्णुको विवाह गरी मनाइँदै

२७ कार्तिक, काठमाडौं । आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगवान व…

नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर

२५ कार्तिक, काठमाडौं । काठमाडौंको नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर स…

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द

विजय प्रसाद मिश्र झापा । आफ्नो मौलिक स्वधर्म-संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्छ, आफ्न…

यो पनि

बलम्बुमा महालक्ष्मी जात्रा सुरु

बलम्बुमा महालक्ष्मी जात्रा सुरु

२७ कार्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ …

आज हरिबोधनी एकादशी, तुलसीसँग विष्णुको विवाह गरी  मनाइँदै

आज हरिबोधनी एकादशी, तुलसीसँग विष्णुको विवाह गरी मनाइँदै

२७ कार्तिक, काठमाडौं । आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगवान व…

हरिबोधनी एकादशीमा ‘माईपोखरी बहुधार्मिक महोत्सव’ हुँदै

हरिबोधनी एकादशीमा ‘माईपोखरी बहुधार्मिक महोत्सव’ हुँदै

२६ कार्तिक, काठमाडौं । सन्दकपुर गाउँपालिका३ स्थित धार्मिकपर्यटकीय क्षेत्र माईपोखरीमा ह…

प्रत्येक जातजातिलाई आफ्नो धर्म–संस्कृति तथा साहित्यको विकास गर्ने अधिकार छ : डा. कोइराला

प्रत्येक जातजातिलाई आफ्नो धर्म–संस्कृति तथा साहित्यको विकास गर्ने अधिकार छ : डा. कोइराला

२५ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतान्त्रिक व्यवस्था…