SamwadKhabar logo

               

धर्मशास्त्र

दुई वर्षपछि राधाकृष्ण रथयात्रा

देवराज रिजाल

देवराज रिजाल

दुई वर्षपछि राधाकृष्ण रथयात्रा
भाद्र ६, काठमाडौँ । मोरङ, कोरोनाका कारण विगत दुई वर्षदेखि रोकिएको राधाकृष्ण रथयात्रा यसवर्ष निकालिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने प्रचलन अनुसार शनिबार विराटनगरमा निकालिएको हो । राधाकृष्ण आरूढ खटलाई नगर परिक्रमा गराउने चलन १९८८ सालदेखि सुरु भएको हो । खटयात्राबाट सुरु भएको भगवान राधाकृष्णलाई नगर परिक्रममा गराउने चलन २०२५ देखि रथयात्रामा परिणत भएको थियो । विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट अपराह्न ३ बजे रथयात्रा नगर परिक्रमापछि पुनः उमन्दिरमा पुगेर टुंगिने परम्परा छ । रथको डोरी तानेर मनोकांक्षा पूर्ण हुनुका साथै पुण्य प्राप्त हुने जनविश्वास छ । रथयात्राले पूर्वकै सांस्कृतिक महत्त्व बोकेको हो । रथयात्राको डोरी तान्न यसअघि प्रदेश १, मधेस प्रदेश र भारतका भक्तजनहरूसमेत आउने गरेका थिए । तर यस वर्ष कोरोना महामारीले रथयात्राको प्रचारप्रसार नगर्नुका साथै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने भनिएकाले भक्तजनको उपस्थिति घटेको हो । १८ फिट चार इन्च उचाइ, ११ फिट २ इन्च चौडाइ र १४ फिट लम्बाइको रथमा राधाकृष्ण भगवान्लाई राखेर महानगर विराटनगरको तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा प्रारम्भ गरिएको थियो । रथयात्रा शनिहाट चोक, गोल्छा चोक, जलजला मोड, बुधहाट चोक, ट्राफिक चोक, रोडशेष, महेन्द चोक, शनिमन्दिर चोक, भृकुटी चोक, बरगाछी हुँदै पुनः राधाकृष्ण मन्दिरमा गएर समापन भएको थियो । रथलाई तान्नका लागि एक सय प्रहरी जवान परिचालन गरिएको थियो । यस वर्ष रथसँगै ऐतिहासिक खटयात्रा समेत निकालिएको थियो । रथलाई डोरीले तानिएको र खटलाई गाडीमा राखेर सर्वसाधारणका लागि प्रदर्शन गरिएको आयोजक समितिका कृष्ण कार्कीले बताए । रथलाई विभिन्न २२ स्थानमा रोकेर श्रद्धालुलाई रथ यात्राको दर्शन गराउने व्यवस्था मिलाइएको उनले बताए । रथयात्रामा युवायुवतीको उल्लासमय सहभागिता थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…